bank

BANK





Powered by Blogger.
महाकुलुङ विमानस्थलको इआइए र पर्यटन एवम् सांस्कृतिक संभावना

निनाम कुलुङ ‘मंगले’  
  गत मंसिर पहिलो हप्ता केही अनलाइल लगायत विभिन्न सञ्चारमाध्यमा आएको समाचारअनुसार अब सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाको वडा नम्बर–४ (साविक गुदेल गाविस) गुदेलमा पनि आन्तरिक विमानस्थल बन्ने भएको छ । 

यो सहित सोलुखुम्बुमा ५ वटा विमानस्थल हुने छ । त्यसको लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले २०७५÷०८÷०६ मा वातावरणीय प्रभाव मूल्यांकनका लागि सूचनासमेत जारी गरी सकेको छ । 

स्मरणीय छ, यो विमानस्थल बनेपछि महहाकुलुङ क्षेत्रमा आर्थिक उन्नति र प्रगतिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गर्न सकिन्छ । खासगरी यो क्षेत्र अभैm पनि स्वदेशी तथा विदेशी पर्यटकका लागि कुमारी अर्थात् भर्जिन नै छ । त्यसैले पर्यटन, जडीबुटी, जलस्रोत, अल्लो खेती र अल्लोजन्य उत्पादन, काठपात बिक्री गरेर यहाँका कुलुङ समुदायको आर्थिक उपार्जन बढाउन सकिन्छ । 

त्यस्तै कुलुङ समुदायको मौलिक भेषभुषा, मौलिक संस्कार, संस्कृति, मौलिक चाडबाड, चालचलन, मौलिक सम्पदाहरु, गुफा, ओढार, हिमाल, नदीनाला, वनजंगल आदिको अवलोकन गराएर पनि प्रशस्त आमदानी गर्न सकिने संभवावना छ । 

त्यस्तै कुलुङ समुदायको ऐतिहासिक भूमि, इतिहास, वंश, परम्परा, भेषभुषा, मौलिक संस्कार, संस्कृति, मौलिक चाडबाड, चालचलन, मौलिक सम्पदाहरु, गुफा, ओढार, हिमाल, खानपान आदिका बारेमा रुची भएकाहरुलाई अध्ययन अनुसन्धान गर्नका लागि आमन्त्रण गर्न सकिन्छ । 
  
हुन त कुनै पनि जातिको उत्पत्ति थलो वा भनौं ऐतिहासिक भूमि हुन्छ । त्यस्तै प्राचीन किराती महाजाति अन्तर्गतका कुलुङ जातिको पनि ‘महाकुलुङ’ अर्थात् ऐतिहासिक भूमि छ । 

यो छोटो लेखमा यिनै प्राचीन जाति कुलुङ जातिको ऐतिहासिक भूमि ‘महाकुलुङ’ पर्यटकीय र सांस्कृतिक महत्वका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । हाल ‘महाकुलुङ’ भनेर चिनिने यो भूमि वा भनौं क्षेत्रलाई कुलुङ समुदायले आफ्नो मातृभाषामा ‘मा कुलु’ उच्चारण गर्छन् । 

स्मरणीय छ, किरातीहरुको इतिहास देउताको पालाभन्दा अघिदेखि रहेको देखिन्छ । जस्तो उदाहरणका लागि भन्नै पर्दा हिन्दु धर्म ग्रन्थ महाभारतमा समेत किरातबारे उल्लेख हुनुलाई लिन सकिन्छ । 

भनिन्छ,  किरातीहरुले महाभारतको लडाईँमा हार्नेहरुका पक्षबाट लडेका थिए । कुलुङ समुदायको जीवनचक्र अनुसार आगामी पुस १५ गतेदेखि येले दोङ–५०७९ सुरु हुन्छ भने हाल ५०७८ चली रहेको छ । 

नेपालको पूर्वी पहाडी जिल्ला सोेलुखुम्बुको उत्तर–पूर्वी भेगमा पर्छ, महाकुलुङ क्षेत्र । यसरी सोलुखुम्बु जिल्लामा अवस्थित साविकको छेस्खाम, बुङ, गुदेल, पावै, सोताङ लगायतका गाविसहरु नै सामान्यतया महाकुलुङ भनेर चिनिन्छ । पछिल्लो राज्य पुनर्संरचना अनुसार हाल यी गाउँहरु ‘महाकुलुङ गाउँपालिका’ र ‘सोताङ गाउँपालिका’ अन्तर्गत रहेको छ । 

तर, आप्mनो ऐतिहासिक भूमि, जातीय स्वपहिचान, मातृभाषा, मौलिक भेषभुषा, मौलिक धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, चालचलन आदिमा सचेत महाकुलुङका कुलुङ समुदायको सुखद भन्दा पनि दुःखद कथा–व्यथाहरु नै धेरै छन् । 

हुन त आधुनिकतासँगै जोडिएर आएको भौतिक पूर्वाधार निर्माण र सुःख–सुविधाका भोग्य वस्तुहरुलाई तिलाञ्जलि दिने हो भने महाकुलुङ क्षेत्रका कुलुङहरु जे कुरामा रमेका छन्, त्यसैलाई सुखद अवस्था मान्दा फरक पर्देन । हाल विकासको नाममा काठमाण्डौदेखि सोलुखुम्बुको सदरमुकाम सल्लेरीभन्दा पर (पावैको सिमाना) सम्म कच्ची सडकले छोएको छ भने, चाँडै महाकुलुङको सबै गाउँ र टोलसम्मै सडक निर्माण गर्ने प्रक्रियामा रहेको छ । 

हुन त हाल एकदमै चल्तीमा रहेको लुक्लास्थित तेन्जिङ–हिलारी विमानस्थल बन्नु भन्दा अघि नै सर्वे भएको छेस्खामको ‘पिचिरिम’ (जहाँ कुलुङ समुदायको नयाँ वर्ष (नीङ–दोङ चाक्चाकुर) को अवसरमा हरेक वर्ष मेला लाग्ने गरेको छ) मा आन्तरिक विमानस्थल निर्माणको लागि सर्वे भएको थियो । 

तर, दुःखको कुरो, त्यो बेला राजनैतिक रुपमा पहुँच नपुगेकोले उक्त ठाऊँमा विमानस्थल बनेन भने हाल छेस्खामको ‘पिचिरिम’को सट्टा गुदेलमा बन्ने भनी सर्वे भएको छ । यसरी महाकुलुङवासीहरुको आप्mनो क्षेत्रमा आन्तरिक विमानस्लथ बन्ने सपना मरी सकेको छैन ।  

हुन पनि आधुनिक जमानाको छिटो छरितो यात्रा हवाई यात्राको लागि संभवतः नेपालकै धेरैवटा विमानस्थल (तेङ्बोचे, लुक्ला, फाप्लु, कागेलडाँडा र अब बन्ने भनिएको गुदेल÷महाकुलुङ विमानस्थल बनेमा) नेपालकै धेरै आन्तरिक विमानस्थल भएको जिल्ला (पाँचवटा विमानस्थल) पनि हुनेछ –सोलुखुम्बु । 

हुन त माथि उल्लेखित पाँचवटामध्ये तेङ्बोचेमा पिलाटस पोर्टरबाहेक अरु विमान बस्न सक्दैन थियो भने नेपालमा भएका पिलाटस् पोर्टर विमानहरु धेरै वर्षअघि दुर्घटना भएरै सकिएपछि हाल केही धनी विदेशी पर्यटकहरुलाई चार्टर सेवाका लागि हेलीकप्टर बस्ने र नाम्चे, खुम्जुङ, थामे, पाङबोचे, फोर्चे, दिङबोचे, फेरिचे लगायत खुम्बु (सोलुखुुम्बुको माथिल्लो भागलाई खुम्बु भन्ने गरिएको छ) क्षेत्रका स्थानीयवासी र होटल÷लज सन्चालकहरुको सरसामान ढुवानी गर्ने सामान्य हेलीप्याडको रुपमा  प्रयोग भइ रहेको छ ।

यता कुलुङ जाति नेपालका अन्य जातिसरह अलग्गै जाति हो कि ? कथित् ‘राई जाति’भित्रको एक थर मात्रै हो ? भन्नेमा २०५७÷०५८ सालदेखि सार्वजनिक रुपमा बहस र छलफल हुँदै आएको छ । 

यसरी कुलुङ जाति नेपालका अन्य जातिसरह अलग्गै जाति हो कि ? कथित् ‘राई जाति’भित्रको एक थर मात्रै हो ? भनी छलफल गर्दा र जाति हुनलाई चाहिने विभिन्न आधारहरु हेर्दा एवम् स्वर्गीय डाक्टर हर्क गुरुङको भनाइ अनुसार कुनै पनि जातिको जाति हुने पहिलो आधार भनेको उसको मातृभाषा हो । 

यस हिसावले हेर्दा कुलुङ समुदायको अन्य जातिको जस्तै अलग्गै मातृभाषा छ । कुलुङ भाषाभित्र पनि विभिन्न स्थान विशेषको भाषिका छ । 

ऐतिहासिक र परम्परागत भूमि महाकुलुङ छ भन्ने त वर्तमान भूगोल नै साक्षी छ । साथै आदि अनादि कालदेखि जसरी अरु जातजातिले अलग–अलग धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, चाडबाड मान्दै आएका छन्, त्यसरी नै कुलुङ जातिले पनि अरु जातजातिका ेभन्दा भिन्न र फरक अलग्गै धर्म, संस्कार, संस्कृति, रीतिरिवाज,चाडबाड मान्दै आएका छन् भने अरुको जातजातिको भन्दा विन र आप्mनै प्रकारको बन्द समाज छ, रीतिथिति छ, रहनसहन छ, चालचलन छ, गीत छ, संगीत छ, कला छ, भेषभुषा छ, गरगहना छ । 

अनि जसरी अरु जातजाति वा समुदायमा आफ्नै जातिभित्र विवाहवारी गर्नका लागि थर÷उपथरहरुको प्रचलन छ । त्यसरी नै कुलुङ समुदायभित्र पनि २ सय ८० वटाभन्दा बढी थर÷उपथरहरु छन् । त्यही भएर नै कुलुङ–कुलुङबीचमै विवाहवारी हुन्छ । 

यदि कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक गैर सरकारी संस्था (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) हर्ताकर्ता राई सर राईनी म्याडमहरुले भने भैंm कथित् राईचाहिँ जाति र कुलुङचाहिँ कथित् राई जातिभित्रको एक थर मात्रै हुन्थ्यो भने कसरी एकै थरभित्र विवाहवारी हुन्थ्यो ? 

के कुलुङ समुदाय पशुसमान हुन् ? फेरि यदि कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक गैर सरकारी संस्था (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) हर्ताकर्ता राई सर राईनी म्याडमहरुकै कुरालाई सदर मान्ने हो भने पनि कुनचाहिँ राईले २८ वटा मातृभाषामा खरररर ... बोल्न सक्छ ? अनि राई भन्नेहरुले केही वर्ष अघिसम्म चन्डी पूर्णे भन्ने गरेको पर्वमा चन्डी नाच नाच्दा किन २८ वटै चन्डी थान बनाई रहनु पर्यो ? 

यदि राई एकै हो भने त चन्डी थान पनि एउटै बनाएर त्यही थानमा ‘२८ भाषी एक जाति राई !’भन्नेहरु सबै एउटै थान वरिपरि घुमेर नाच्दा भइहाल्थ्यो ! तर, यसरी अलग–अलग भाषा बोल्नु, अलग–अलग थान बनाउनु भनेको सबैको अलग–अलग अस्तित्व हुनु नै हो । कि कसो हौ राई सर राईनी म्याडमहरु ? 

त्यसैले राईको इतिहास, राई के हो ?, राईको इतिहास कति लामो छ ? राईको वंश को हो ? राईको वंशावली कहाँ छ ? राई जात नै हो भने विसं २०२१मा आएको भूमिसुधार ऐन लागू नहुन्जेल किन ठाऊँअनुसार जो पनि राई भए ? राईको वंश–वृक्ष कहाँ छ ? बरु राई भन्दा त खम्बु पो नजिक हो कि ?, 

किन वास्तविक अर्थात् तालुकवाला राईहरुले सर्वसाधारण जनता (त्यो बेलाको भाषामा रैती) हरुले आप्mनो नामको पछाडि राई लेखेमा कारवाही गथ्र्यो ? फेरि राज्यले भनेको नमान्दा त्यस्ता तालुकवाला राईहरुलाई हटाएर अरुलाई नै राईमा नियुक्त गथ्र्यो ? यसबारेमा पनि नेपालका नृवंशशास्त्री, जातिशास्त्री, मानवशास्त्री, समाजशास्त्री र भाषाविदहरुले राई यायोक्खाका हर्ताकर्तालाई झकझक्याउनु पर्ने देखिन्छ । सीधा र सपाट प्रश्न गुर्नपर्ने देखिन्छ । 

भनिन्छ, सुरुमा कर्णालीतिर ‘राजा’लाई ‘राय’ भनिन्थ्यो भने, नेपालको भगौलिक एकीकरणपछि पूर्वका किरातीहरुलाई भूगोल समेत फुटाएर (वल्लो किरात, माझ किरात र पल्लो किरात) माझ किरातका कुलुङ, बाहिङ, बान्तावा लगायत किरातीका अगुवाहरुलाई ‘तिमीहरु राजा नभए पनि राजासरह भौ है !’ भन्ने अर्थमा दिइएको त्यही ‘राय’ पदवी वा पगरी शब्दको परिस्कृत रुप नै हाल आएर राई भएकोमा पनि कसैको विमति छैन । 

राई शब्दप्रति कसैको अनुराग र अचाक्ली मोह भएकोमा हाम्रो आपत्ति होइन । तर, नेपालको भगौलिक एकीकरणपछि राज्य वा शासकहरुले दिएको हुनाले यो ‘राय’ वा राई पदवी वा पगरी हटाउँछौं भन्ने कुलुङ, बाहिङ, मेवाहाङ आदिलाई पनि यो राय वा राई शब्द प्रति अनुराग राखीराख, अचाक्ली मोह राख ! नत्र भने.... भन्नु भएन ! त्यसैले राई के हो भन्ने बुझीबुझी नबुझे जस्तो गर्ने, केवल ‘२८ भाषी राई हौं २८ भाषी राई हौं’ भन्ने राई सर राईनी म्याडमहरुलाई अब नेपालका नृवंशशास्त्री, जातिशास्त्री, मानवशास्त्री, समाजशास्त्री, भाषाविद लगायत बुद्धिजीवीहरुले पनि वास्तविकता के हो त ? प्रश्न गर्नुपर्ने देखिन्छ । 

वास्तवितता यस्तो भए पनि र दुःखसाथ भन्नु पर्दा अझै पनि कुलुङ समुदायले नेपालका अन्य जातिसरह अलग्गै जातिको मान्यता पाउन नसकेर कथित् राई जातिमै गाभिनु परेको तीतो यथार्थ विद्यमान रहेको छ । हुन त २०६८ को राष्ट्रिय जनगणनामा कुलुङ समुदाय अलग्गै जातिको रुपमा आएको छ । स्मरण रहोस्, उक्त जनगणनामा कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ रहेको छ । साथै २०६८ को राष्ट्रिय जनगणनाअघि राई भनी चिनिएका १२ वटा किराती जातिहरु पनि अलग्गै जातिको रुपमा आएका छन् । 
      
 विगतको आप्mनो अनुभव सुनाउँदै साविक छेस्खाम गाविस वडा नम्बर १ का पूराना र चल्तापूर्जा गाउँस्तरका कुलुङ समुदायका नेता तथा समाजसेवी (जो ‘राई’ प्रथा हालसम्म कायमै रहेको भए जिम्मावाल÷तालुकवाला अर्थात् असली ‘राई’ भएर रैती÷ढाक्रेहरुमाथि शासन गरीरहेका हुने थिए) नरमान ङोपोचो कुलुङ भन्छन्, ‘पञ्चायतकालमा हुने विभिन्न चुनावहरुमा भोट माग्न आउने तल्लो भेगका विभिन्न समुदायका नेता कार्यकर्ताहरुले कुलुङ समुदायलाई हेपेर ‘आयो है कुलुङे भाङ्ग्रेहरुको गाउँ’ भन्थे । 

त्यसरी नेता भएर आएका तल्ला भेगका मान्छेहरुले ‘आयो है कुलुङे भाङ्ग्रेहरुको गाउँ’ भनेको शब्द नरमान अझै पनि झल्झली सम्झन्छन् । नरमान ङोपोचो कुलुङ थप भन्छन्, त्यो बेला तल्लो भेगका मान्छेहरुले त्यसरी हामी कुलुङलाई ‘कुलुङे भाङ्ग्रे’हरु भन्दा कुलुङहरु पानी नचल्ने भनिएको दलित जातिभन्दा पनि सानो जाति पो हो कि ! भन्ने लागेर आत्मग्लानी हुन्थ्यो । 

तर, फेरि पनि त्यसरी कुलुङ समुदायलाई हेपेर वा होच्याएर कुलुङे भाङ्ग्रेहरु भन्नेहरुलाई नै कुलुङ समुदायले भोट दिएर जिताएको पनि उनी अचम्म मान्दै विगत सम्झन्छन् । उनी फेरि भन्छन्, तर महाकुलुङका अहिलेका नयाँ पुस्तामा धेरै नै चेतना आईसकेको छ, जागरण आइसकेको छ । 

आजका कुलुङ युवाहरु राजनैतिक रुपमा गाउँ र जिल्लास्तरमा भए पनि कोही न कोही, कुनै न कुनै राजनैतिक पार्टीमा लागेका छन् । त्यसैमा नरमान ङोपोचो कुलुङलाई खुशी लागेको छ ।

कुलुङ समुदायमा आएको जातीय चेतनाकै कुरो गर्दा २०६२÷०६३ सालको परिवर्तनपछि कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओको भातृ संगठनका ठेट्नाहरु तल्लो भेगबाट राई विद्यार्थीको स्कूल÷गाउँ इकाई गठन गर्दै बुङ÷छेस्खाम पुगेछन् । 

महाकुलुङका कुलुङ विद्यार्थी साथीहरुले त्यो थाहा पाएपछि गठन भैसकेका कथित् राईवालाहरुको राई विद्यार्थी इकाई÷गाउँ कमिटिहरु तत्कालै भंग गर्न लगाएर फिर्ता पठाएछन् । यसले गर्दा पनि राई हटाएर आप्mनो स्वजातीय स्वपहिचानको आन्दोलनमा लागेका जातिहरु कुलुङ, बाहिङ, मेवाहाङ, वान्तावा, चाम्लिङ, जेरोङ÷जेरो लगायत १६÷१७ वटा भन्दा बढी भए तापनि राई सर राईनी म्याडमहरुको मुख्य तारो भने कुलुङ समुदाय र कुलुङ समुदायका अगुवाहरु नै हुने गर्छन् ।

जे होस्, समाजशास्त्रीय भाषामा “इन्डोग्यामस” पनि भनिने महाकुलुङ क्षेत्रमा कुलुङ जातिको मात्रै एकल जातीय बसोवास कसरी संभव भयो ? नेपालको सन्दर्भमा जातिशास्त्री, मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्री लगायत अन्य खोज अनुसन्धानकर्ताहरुका लागि एक रोचक विषय हुन सक्छ । 

त्यसो त मानव सभ्यता ढुंगे युग हुँदै शिकारी युग अनि कृषि युगमा प्रवेश गरेको मानिन्छ भने हाल मेसिन अर्थात् औद्योगिक युग भन्दा पनि अघि बढेर ‘सुपर सोनिक’ हुँदै ‘हाइपर सोनिक’को युगमा बढ्दैछ । 

तापनि केही समय अघिसम्म महाकुलुङको कुलुङ समुदायका मान्छेहरु भने आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य उत्पादन, हातहतियार, औजार र घरायसी माल सामानहरु आफैं बनाउने गर्थे । 

जस्तै शिकार खेल्न चाहिने बन्दुक, भाला आदि अनि कृषिका लागि चाहिने कोदालो, कुटो, फाली त्यस्तै घरायसी प्रयोगका भाँडाकुँडाहरु पनि कुलुङ समुदायभित्रकै विभिन्न थरका कुलुङहरुले नै बनाउँथे । 

तर कुलुङ जातिमा कामकै आधारमा छुवाछूत गर्ने प्रचलन थिएन÷छैन । तर, कुरो नचपाई भन्ने हो भने, ‘२८ भाषी राई’ एकै हो भन्ने अरु समुदायका जातिहरुले समेत कुलुङको चुलो, दिछारी र दाम्फे छुनु हुँदैन ।

यो लेखको अन्त स्वर्गीय नेल्सन मण्डेलाको भनाई राखेर सक्ने विचार गरेको छु । उनले भनेका थिए –‘फरक धारणा राख्ने अधिकार, दुःखको कुरो, विभाजनको सङ्घर्ष हुन गएको छ ।’  –नेल्सन मण्डेला, १९९४ 
यहाँ किन स्वर्गीय नेल्सन मण्डेलाको धारणा राखिएको हो भने, केही राईवाला सर म्याडमहरुले अभैm पनि सानो स्वरमा कुलुङ समुदायलाई डलर खान कथित् ‘राई’ जाति फुटाउन लागेको आरोप लगाउने गरेका छन् । 

किनकि, सुरुमा कुलुङ समुदायमा जातीय स्वपचिान सम्बन्धमा बढेको चेतनाको स्तरसँगै अरु किराती जातिमा पनि यो आगोको फिलिङ्गो जसरी पैmलँदो छ । माथि नै उल्लेख गरिएको छ कि कुलुङ समुदायको आन्दोलनकै फलस्वरुप हाल १६÷१७ वटा जातिहरु आन्दोलनमा छन् । जो सुरुमा राई जाति होइन भन्दा खाउँला भैंm गरी रातो आँखाले हेर्ने । 

तर, सुरुमा कुलुङ समुदाय एक्लैले गरेको जातीय स्वपचिानको आन्दोलनले संगठीत र सशक्त रुप धारण गरेपछि कथित् राई जातिवालाहरुको अस्तित्व संकटमा पर्न थालेको छ । 

त्यसैले कथित् ‘राई’ जाति ! को नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाजकल्याण परिषद दर्ता नम्बर २६५६) को हर्ताकर्ता राई सर राईनी म्याडमहरुलाई चिन्ता छ –विक्रम संवत् २०७८ आउने÷हुने नियमित राष्ट्रिय जनगणनामा कथित् राई जातिको संख्या रहने हो कि नरहने हो ? रहे पनि कति रहने हो ? 

किनभने २०५८ को जनगणनामा कथित् राई जातिको जनसंख्या ६ लाख ७१ हजार चानचुन रहेकोमा २०६८ को जनगणनामा कथित् राई जातिको जनसंख्या १५ हजार चानचुन घटेर माइनस भएको छ । 

kehinajannekulung@gmail.com

0 comments

Write Down Your Responses