Powered by Blogger.
युवा कवि बर्तौलाको कविता सङ्ग्रहको लोकार्पण


काठमाडौँ । युवा कवि तथा दामन पोष्ट साप्ताहिकका कार्यकारी सम्पादक राम वर्तौलाको कविता सङ्ग्रह राष्ट्र उद्गार बजारमा आएको छ ।

कविता सङ्ग्रहमा राष्ट्रियताको भावना जागरण गराउने विभिन्न शीर्षकका ३० वटा कविता रहेको छ ।

सो कविता सङ्ग्रहको विमोचन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ संविधानले परिवर्तनका सबै ढोका खोलेको बताउनुभयो ।

उहाँले संविधानले सबै ढोका खोलिसकेका कारणले समृद्ध नेपाल बनाउन कुनै बाधा अड्चन नभएको र बाधा अड्चन छ भने मानिसको पुरानो तथा स्वार्थवादी चिन्तन तथा विचार हो भन्नुभयो ।

सांसद रामनारायण बिडारीले साहित्यकारले सत्य ज्ञानमा आधारित भएर समाज परिवर्तन गर्ने खालको साहित्य सिर्जना गर्नुपर्ने बताउनुभयो । समीक्षक रामप्रसाद ज्ञवाली र पुण्य विश्वास गौतमले कविको कविता सङ्ग्रहमा बुद्ध पुनःएकचोटी जन्म लेउ जस्ता मार्मिक कविता रहेको बताउनुभयो ।

कृतिकार राम वर्तौला आँसुले देशमा परिवर्तन भए पनि जनतामा असन्तोष अझै रहेको भन्दै त्यसलाई बाहिर खोतल्ने हिसाबले यो कविता सङ्ग्रह लेखेको बताउनुभयो ।

‘बुद्ध पुनःएक चोटी जन्म लेऊ’, ‘शब्दप्रतिको प्रेम’ र ‘अस्तित्वको खोजी’ जस्ता शक्तिशाली कविता समावेश ‘राष्ट्र उद्गार’ बर्तौलाको पाँचौ कृति हो ।

यसअघि उनले गजल, कविता, गाँउखाने कथा र सामान्य ज्ञान समेत प्रकाशन गरिसकेका छन् ।

कार्यक्रममा राजनीतिक व्यक्तित्व, साहित्यकार, मकवानपुरे साहित्यप्रेमी तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।




0 comments

Write Down Your Responses