Powered by Blogger.
प्याब्सन मकवानपुरको अध्यक्षमा अनिल पाण्डे चयन

Image may contain: 5 people, indoorमकवानपुर /  निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरको अध्यक्षमा जेसि अनिल पाण्डे  चयन भएका छन् । प्याब्सन मकवानपुरको शनिबार हेटौंडामा भएको सातौँ जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

अध्यक्षमा निर्वाचित पाण्डे  हेटौंडाको जेनिथ इन्टरनेशनल माध्यामिक विद्यालयका प्रधानाध्यापक हुन् ।

अधिवेशनले उपाध्यक्षमा विनोद सुवेदी, सचिवमा नवीन केसी, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सह–सचिवमा उपेन्द्र सुवेदी र सह–कोषाध्यक्षमा विष्णुहरि सुवेदी चयन भएका छन् । सदस्यहरुमा सुरेन्द्रमान प्रधान, शिवकुमार रिजाल, रिना आचार्य, रामबाबु सापकोटा, दुर्गा प्रसाद भट्टराई र केशव मुडवरी चयन भएकाा छन् ।

अधिवेशनले श्रीहरि बहादुर कार्की, यदुनाथ श्रेष्ठ, रामकृष्ण वस्नेत र ओम आले मगरलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ ।
Image may contain: 23 people, people smiling, people standing
त्यस्तै, प्याब्सन हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा राजकुमार नहर्की चयन भएका छन् । प्याब्सन हेटौंडा उपमहानगरपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा नहर्की चयन भएका हुन् । हेटौंडा उपमहानगरको उपाध्यक्षमा रामकुमार श्रेष्ठ, सचिवमा अरविन्द झा र कोषाध्यक्षमा अरुण पराजुली चयन भएका छन् ।

0 comments

Write Down Your Responses