Powered by Blogger.
कैलाश ५ का प्रकृति प्राबिका बालबालिका पाए न्यानो कपडा

कैलाश गापा / कैलाश गाउँपालिका ५ प्रकृती प्राबिका विद्यार्थीले न्यानो कपडा पाएका छन्  । कैलाश ५ गोगने चौकिटार अबस्थित रहेको प्राबिमा अध्ययरत ४३ जना बालबालिकालालाई सुइटर, टोपी प्रदान गरिएको बिद्यालयका प्र.अ शान्ति पार्खिनले जानकारी दिइन ।

भरतपुर उपमहानगर पालिका वडा नम्बर २ बस्ने दिपेश श्रेष्ठले ब्याक्तिगत रुपमा सहयोग गरेको बताइन  । श्रेष्ठ रोटरी क्लब अफ नारायणी मिट हाउसका सदस्य समेत हुन! ।

जाडोका कारण बिपन्न बर्गका बालबालिकाहरुलाई बिद्यालय जान समस्या भएको वडा अध्यक्ष ज्युबाट थाहा पाए पछि न्यानो कपडा बितरण गरेको श्रेष्ठले बताए। जाडोकै कारण कोही पनि विद्यार्थीहरु बिद्यालय जानबाट बन्चित नहुन् भनेर नै आफुहरु न्यानो कपडा सहयोग गरेको बताए ।

एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष  छेकु लामाको प्रमुख आतिथ्यता तथा विद्यालयका अध्यक्ष भिम बहादुर योन्जनको सभाध्यक्षतामा बितरण भएको हो ।

प्रमुख अतिथि लामाले सहयोगि मनहरुलाइ  धन्यबाद दिदै समृद्ध समाज निर्माणमा बालबालिकाको महत्त्वपूर्ण भूमिका रहने हुँदा ,उनीहरुको सुन्दर भबिस्यका लागि आफू जस्तो सुकै काम गर्न पनि तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।  वडाको अन्य विद्यालयमा समेत न्यानो कपडा बितरण गर्ने योजना गरिरहेको लामाले बताए । न्यानो कपडा पाए पश्चात् बिध्यार्थी खुशी भएका छन ।

सो न्यानो कपडा बितरण कार्यक्रममा कृष्ण निमाबिका अध्यक्ष लाल सिह गुरुङ, सुन्दरी देवि माबी आग्राका अध्यक्ष बिनायक गोले,समाजसेवी सानोभाइ बिष्ट,राजकुमार गोले,राजकुमार तितुङ्ग लगायतको उपस्थित रहेको थियो ।

0 comments

Write Down Your Responses