Powered by Blogger.
यी हुन् संचारकर्मी ढकालका हत्यारा, प्रहरीले १० दिनपछि समात्यो

मकवानपुर / मकवानपुरे संचारकर्मी मनोहर ढकालको हत्यारालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । आज शनिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी हत्यारालई सार्वजनिक गरिएको हो ।
 हत्यामा संलग्न हेटौंडा ११ बस्ने राजन पुडासैनीको छोरा १९ बर्षिय अनमोल पुडासैनी र मनहरी गाउँपालिका १ बस्ने पदम वाइबाको छोरो १८ बर्षिय प्रविण वाइबालाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी ढकालको मोबाइल खरिद गर्ने दिनेश मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरका संचालक मकवानपुर भिमफेदी गाउँपालिका ६ बस्ने ३१ बर्षिय दिनेश थापा मगर र सुनको औँठी किन्ने नारायणी सुनचाँदी पसलका संचालक हेटौंडा २ बस्ने ४८ बर्षिय नारायण बहादुर सुनारलाइ पनि प्रहरीले पक्राउ गरेको हो प्रहरीले औँठी, मोबाइल, हार्डडिक्स र डाटाकेवल बरामद गरेको छ ।
मनोहर-1547876822.JPG
आफुहरु जंगलमा गफ गरेर बसिरहेको अवस्थामा मनोहर ढकाल आएर आफुहरुलाई थर्काएकाले दूई जना मिलेर ढकाललाई हानि उनको सामान लिएर भागेको हत्यामा संलग्नको बयान छ भने उता जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्षक यज्ञ प्रसाद भट्टराईले भने ढकालले असल गाँजा खाइरहेका केटाहरु देखेपछि असल नियतले यसो गर्नु हुँदैन भनि सम्झाउदा उल्टै उनीमाथि जाइलागेको बताए ।

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुर र बिशेष प्रविधिको प्रयोग गरि घटनामा संलग्नलाई पक्रन सफल भएको बताएको छ । संचारकर्मी ढकालको गत पुष २५ गते साँझ हेटौंडा उपमहानगरपालिका १ मा पर्ने भैरवडाँडा जाने बाटो नजिक रहस्यमय रुपमा मृत्यु भएको थियो । उनले चढ्ने मोटरसाइकल लडेको अवस्था भेटिएको थियो भने झोला तथा कागजपत्र यत्रतत्र छरिएको अवस्थामा फेला परेको थियो ।

शिक्षण पेशामा समेत आवद्ध ढकालको मृत्यु संकास्पद देखिए पछि प्रहरीले अनुसन्धान तिब्र पारेको थियो 

0 comments

Write Down Your Responses