Powered by Blogger.
थाहा नगरमा रुपचन्द्र बिष्टको ८५ औं जन्मजयन्ती मनाइयो


पालुङ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जिवनी पाठ्यक्रममा राखेर नयाँ पुस्तालाई ‘थाहा’ दिनुपर्ने बताउनुभएको छ ।

‘निष्पक्ष सक्रियतको अभ्यास’ थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८५ औं जन्मजयन्तीको अवसरमा थाहा नगरपालिकाको समन्वय र ‘फरक सोच’ अभियानको आयोजनामा थाहा दिवस र ‘तिर्थदास स्मृति सामाजिक सम्मान तथा सप्ताहव्यापी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री पोखरेलले आगामी बर्षदेखी नै अनिवार्य पढाउने गरि तयारी थाल्न निर्देशन पनि दिनुभयो ।

उहाँले मकवानपुर जिल्ला भित्रको स्कुलमा आउने बर्षदेखी नै रुपचन्द्र बिष्टको जिवनी पढाउने घोषणा गर्न स्थानीय सरकारलाई आग्रह पनि गर्नुभयो । रुपचन्द्र बिष्ट बारे सामाग्री तयार पार्नुस, मन्त्री पोखरेलले भन्नुभयो ‘म पाठ्यक्रमलाई निर्देशन दिन्छु ।’



नया पुस्तामा रुदाने लाई दन्त्य कथाको नायक जस्तो बनाईन्नु हुन्न । नयाँ पुस्ताले रुदाने को बारेमा थाहा पाउनुपर्छ । मन्त्री पोखरेलले भन्नुभयो । ‘उहाँको जिवनी पढाइ होस, रुदानेको सपना साकार हुनेछ । ’

मन्त्री पोखरेलले विष्ट महान दार्शनिक भएको चर्चा गर्दै उहाँको जीवनीलाई स्थानीय पाठ्यक्रममै राख्न आग्रह गर्दै आफ्नो तर्फबाट पहल हुने बताउनुभयो । 

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको दर्शनलाई व्यवहारमा उतारे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने पोखरेलले बताउनुभयो । विष्टको दर्शनलाई कार्यान्वयनमा ल्याउनु भन्दा पनि उहाँको चर्चा गर्नेहरुको मात्र भिड बढिरहेको सन्दर्भमा रुपचन्द्र विष्ट सम्झाउने कार्यक्रमप्रति युवाहरुको सक्रियता बढ्नु सकारात्मक भएको उहाले बताउनुभयो । 

कार्यक्रममा रुपचन्द्र विस्ट स्मारक समितिका केन्द्रीय अध्यक्ष तथा राष्ट्रियसभा सदस्य  एवं संघीय संसद अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले रुपचन्द्र विष्टलाई सम्झने खास दिनमा अल्मिल्लिनु भन्दा पनि वर्षैभरी उहाँले देखाएको बाटोमा लाग्न आग्रह गर्नुभयो । 



उहाँले रुपचन्द्रको योगदान भावी पुूताले विस्तारै स्मरण गर्दै जाने बताउनुभयो । 

फरकसोचका संयोजक यादवजंग रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सांसद कुमारी मोक्तान, प्रेमबहादुर पुलामी ‘छिन्तु’, थाहानगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली , नेकपाका नेता बलराम बल लगायतले रुपचन्द्र विष्टको योगदानको विषयमा चर्चा गर्नुभएको थियो । 

यसैबीच थाहा दिवस समारोहको अवसरमा ‘थाहा पत्रकारिता’ पुरस्कारबाट पत्रकार राजन दाहाल पुरस्कृत भएका छन् । 

उनी मकवानपुरमा रहेर डेढदशकदेखि पत्रकारिता गर्दे  आएका छन् । दाहाललाई ११ हजार १११ रुपिँया नगद सहित सम्मान गरिएको हो । थाहा पत्रकारिता पुरस्कारको पत्रकार प्रताप विष्टले सौजन्य गर्दै आएका छन् ।



यसैबीच सोही समारोहकाबीच थाहानगरको शिक्षा क्षेत्रमा योदान पु¥याएका थाहानगरका शिक्षासेवी निरञ्जन अधिकारीलाई तिर्थदास श्रेष्ठ सामाजिक सम्मान पुरस्कार प्रदान गरिएको छ भने साहित्यक क्षेत्रमा योगदान पु¥याए वापत साहित्यकार लक्ष्मण बर्तौला ‘बिर्खे अञ्जान र जनमुखी पत्रकारितामा योगदान पु¥याए बापत रेडियो सन्देशका अध्यक्ष सुनिल खड्कालाई पनि सम्मान गरिएको छ । 

समारोहमा खेलकुद क्षेत्रमा अन्तराष्ट्रिय क्षेत्रमा स्वर्णपदक विजेता थाहा–१० चित्लाङका आशिष थापालाई थाहा नगरपालिकाले सम्मान गरेको छ । 



थाहा दिवसको अवसरमा फरकसोचले आयोजना गरेको विद्यालयस्तरीय विभिन्न प्रतियोगिता खेलकुद प्रतियोगिताको पुरस्कार वितरण गरिएको थियो । 

तस्बिरः रामकुमार कार्की



0 comments

Write Down Your Responses