Powered by Blogger.
सभापति बिडारीद्धारा उत्तरी मकवानपुरको अग्लोचुली र मुलावारीचौर निरीक्षण


मकवानपुर । राष्ट्रिय सभा सदस्य तथा संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले उत्तरी मकवानपुरको पर्यटकीय संभावना उच्च रहेको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउन आफुले सक्दो पहल गर्ने बताउनुभएको छ ।

उहाँले थाहा नगरपालिका स्थित अग्लोचुली डाँडामा रहेको मनकामना मन्दीर र मुलावारी चौरको निरिक्षण गर्ने क्रममा यस्तो बताउनुभएको हो ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा पर्ने सबैभन्दा अग्लो  स्थानमा निर्माणाधीन मनकामना मन्दीर र प्रचुर पर्यटकीय संभावना बोकेको मुलाबारी चौरको निरीक्षण भ्रमण गर्दै उहाँले थाहा नगरपालिका स्थित ४ वटा वडाका वडा अध्यक्षहरुलाई राखेर यसको विकासबारे छलफल गर्नुभएको हो । 



पहिले जनस्तरबाट पहल गरी निर्माण गरिएको मनकामना मन्दीर भूकम्पका कारण भत्कीएपछि आधुनीक स्वरुपमा नयाँ मन्दिर निर्माण गरिएको छ । सो मन्दीर पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । 

टिस्टुङ देउराली तथा बज्रबाराही–सरस्वती बजारबाट मोटरमार्फत पुग्न सकिने सो स्थानबाट काठमाडौं उपत्यका, मकवानपुर र अन्य रमणीय स्थानहरु नाङ्गो आँखाले छर्लङ्ग देख्न सकिन्छ । सो स्थान नजिकै रहेको अत्यन्तै फराकिलो र समथर मुलावारी चौरमा प्राचिन दरवार रहेको बताइन्छ । 

अग्लोचुलीमा आफ्ना स्वर्गीय पिता प्रेमराज बिडारीले सात दिन सात रात तपस्या गरेपछि मनकामना मन्दीरको स्थापना गरेका थिए । सो स्थानलाई धार्मिक आस्था बाहेक पर्यटकीय संभावनाका हिसावले विकास गर्न सकिने भन्दै सभापति बिडारीले विगतदेखिनै बजेटको व्यवस्था गर्दै पुर्वाधार निर्माणमा जोड दिइरहनु भएको छ ।



 पिताले तपस्या गरेको ओडारमा पनि उहाँ पुग्नुभएको थियो । भगवानले सपनामा आफुलाई सो स्थानमा पुजा गर्ने व्यवस्था गर्न भनेको भन्दै स्वर्गीय प्रेमराजले २०४२ सालमै अनकन्टार जंगलको बीचमा मनकामनाको प्रतिष्ठापन गरेका थिए । 

त्यसयता हरेक वर्षको वैशाख १ गते सो क्षेत्रमा भक्तजनहरुको ओइरो लाग्ने गरेको छ । सो स्थानलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने विज्ञहरु बताउँछन् । 

त्यस्तै मुलावारी चौरको उपयोग गर्न सके पर्यटकीय विकासका साथै स्थानीय सरकारलाई गतिलो आम्दानीको बाटो बन्ने संभावना छ । 



सो क्षेत्रमा खानेपानीको प्रवन्ध गर्न सक्दा ठुला रेर्सोटहरु समेत सञ्चालन गर्न सकिने बताइन्छ । शनिबारको निरिक्षणमा वडा अध्यक्षहरु शशिधर सुबेदी, किरणमान बल, राजेश केसी दीपक लामा   लगायतको सहभागिता थियो ।वडाअध्यक्षहरु सो क्षेत्रको विकासका लागि सक्रीयतापुर्वक लागेको, नगरपालिकाले चासो दिएको र अर्किड गार्डेन बनाउने योजना तयार भएकोले सो क्षेत्रले छिट्टै काँचुली फेर्ने स्थानीयको आशा छ । 

0 comments

Write Down Your Responses