Powered by Blogger.
स्रोतव्यक्ति उपर अन्याय नगर्न चेतावनी





काठमाडौं । विद्यालय स्रोतव्यक्ति समाजको राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । 

समाजले विगत लामो समय देखी विद्यालय स्तरिय स्रोत व्यक्तिहरुको अधिकारका निम्ति योगदान पुर्याउदै आएको छ । भेलामा नेपाल शिक्षक महासंघका केन्द्रिय अध्यक्ष बाबुराम थापा प्रमुख अतिथि रहेका थिए ।

भेलामा बोल्दै बाबुराम थापाले स्रोतव्यक्तिहरुको अधिकारका लागी शिक्षक महासंघले पनि सरकारलाई दबाब दिने बताएका छन् । 

यस्तै समाजका सचिवालय सदस्य तुलध्वज खतिवडाले सरकारले आफुहरुलाई हटाउन खोजेको भन्दै आपत्ति समेत जनाएका छन् । निरन्तर स्कुलहरुको संरक्षणमा जुटिरहेका स्रोत व्यक्तिहरुलाई सरकारले नराख्ने व्यवस्था ल्याउनु गलत भएको बताएका छन् । 

उनले स्कुलमा हुने सबैखाले आन्दोलनहरुलाई निरुत्साहित पार्दै स्कुललाई स्वच्छ विद्याको मन्दिरको रुपमा स्थापित गर्ने स्रोतव्यक्तिहरुलाई यसरी निकाल्नु गलत भएको औल्याउदै उनले आफ्ना मागहरु सम्बोधन नभएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यस्तै भेलामा सचिव लक्ष्मी किशोर सुवेदी, शिक्षक संघका महासचिव सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका कोषाध्यक्ष विष्णु भण्डारी लगायतले मन्तव्य राखेका थिए । 

भेलामा बोल्ने अधिकांस वक्ताहरुले सरकारले स्रोतव्यक्तिमाथि यस्तो अन्याय नगर्न चेतावनी समेत दिएका थिए । विद्यालय स्रोतव्यक्ति समाजको राष्ट्रिय भेलाले सात वटा मागहरु प्रस्तुत गरेका छन् ।

यस्ता छन् मागहरु

(१) हाल कार्यरत सबै स्रोत व्यक्तिहरुलाई निरन्तरता दिई भविष्यमा स्रोतकेन्द्रको संरचना क्रमश स्थानीय तह वा प्रस्तावित जिल्ला विकाश कार्यालय अन्र्तगत राखी क्रियाशिल गराउनु पर्ने ।

२) संघिय कानुनर निमावलीमा स्रोत केन्द्र र स्रोत व्यक्तिको व्यवस्थाप र काम कर्तव्यका बारेमा उल्लेख हुनुपर्ने ।

३) संघिय कानुन र नियमावलीमा व्यवस्था भए अनुसार स्रोत व्यक्ति व्यवस्थापन निर्दे्शिका परिमार्जन गरिनुपर्ने ।

४) हाल कायमा रहेका एक हजार ५३ स्रोत केन्द्रलाई सात सय ५३ स्थानीय तहमा समायोजन गर्न भौगोलिक तथा विद्यालय संख्याका आधारम तपशिल बमोजिम गर्ने ।

(क) गाउँपालिकामा कम्तिमा एक देखी २ जना स्रोत व्यक्तिको वव्यवस्था गर्ने ।

(ख) नगरपालिका कम्तिमा २ देखी ३ जना स्रोत व्यक्ति राख्ने ।

(ग) उप महानगरपालिकामा ३ देखी ४ जना स्रोत व्यक्तिको व्यवस्था गर्ने ।

(ङ) महनगरपािलकामा ५ देखी ६ जना स्रोत व्यक्ति राख्ने ।

५) स्रोत व्याक्तिको दरबन्दि कार्यरत स्थानिय तहमा कामा गरि त्यहि तहबाट तलब भत्ता दिने व्यवस्था गर्ने ।

६) प्रत्यक वर्ष स्रोतव्यक्तिको सेवा हुने की नहुने भन्न्े अन्यौलता समाप्त हुने गसिर पेसागत निरन्तरताको प्रत्याभुतिको भरपर्दो व्यवस्था गर्ने ।

७) स्रोतकेन्द्र र स्रोत व्यक्तिको सरोकारका विषयमा निती नियम र निर्दे्िशका निर्माण गर्दा स्रोतव्याक्ति समाजको सुझाव र सहभागितालाई प्राथमिकता दिने व्यवस्था गरिनु पर्ने ।

यस्तै भेलामा सचिव लक्ष्मी किसोर सुवेदी, शिक्षक संघका महासचिव सोमनाथ गिरी नेपाल राष्ट्रिय शिक्षक संगठनका कोषाध्यक्ष विष्णु भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

भेलामा बोल्ने अधिकांस वक्ताहरुले सरकारले स्रोतव्यक्तिमाथि यस्तो अन्याय नगर्न चेतावनी समेत दिएका थिए ।

0 comments

Write Down Your Responses