Powered by Blogger.
स्वास्थ्यकर्मी निर्मल तिमल्सिनाले दिए प्राथमिक उपचार सम्बन्धी तालिम सहित स्वास्थ्य सामाग्री

मकवानपुर / पहाडी र गाउँ नै गाउँले भरिएको हाम्रो देश नेपालमा अझै पनि स्वास्थ्य सेवा सर्बसाधरण नेपालीको पहुँचमा पुग्न सकेको छैन । आधारभूत स्वास्थ्य सेवा ज्ञान र चेतनाको कमी प्राथमिक उपचारको अज्ञानताका कारण हजारौं नेपालीले बर्षेनि अकालमा ज्यान गुमाउनु परेको तितो यथार्थलाई मध्यनजर गर्दै युवा समाजसेवि तथा निर्मल हेल्थ क्लिनिकका प्रोपाइटर निर्मल तिमल्सिनाले बागमती गाउँपालिका ३ मा रहेको सीता आधारभुत विद्यालयमा अध्यनरत बालवालिकाहरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम  दिएका छन् ।

स्वास्थ्य संस्था पहुँचमा नहुनु, बिषयबिज्ञ  स्वास्थ्यकर्मी  सबै स्थानमा उपलब्ध नहुनु र अस्पताल र्पुयाउनु अघि विरामीको जीवन लम्ब्याउन र तत्काल उपचार गर्न सम्भव नभएको खण्डमा गरिने प्राथमिक स्वास्थ्य उपचार र बिपत्तिमा कसरी मानिसलाई बचाउने भन्ने बिषयमा वालवालिकाहरुलाई प्रशिक्षण गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन आलेमगरले जानकारी दिए ।

आफ्नो व्यक्तिगत लगानीमा विद्यालयमा प्रशिक्षण तथा प्राथामिक सामाग्री सँगैं कक्षा १ देखी कक्षा ८ सम्मका वालवालिकालाई पिउने पानीको भाडा समेत सहयोग गर्नु भएको अध्यक्ष आलेमगरले जानकारी दिए ।
“हामी र हाम्रो योगदान शैक्षिक सुधार र सरसफाई साझा अभियान” लाई हामी अगाडि वढिरहेको बताउदै यस नारालाई सार्थक बनाउनको लागि ठुलो टेवा पुगेको भन्दैै यस्ता सहयोगी दाताहरुलाई सहयोग गर्नको लागि आग्रह समेत गरे ।

समाजसेवि तिमल्सिनाले विद्यालयका सम्पुर्ण वालवालिकाहरुलाई निशुल्क स्थास्थ्य परिक्षण गर्ने  समेत प्रतिबद्धा व्यक्त गरेको अध्यक्ष आलेमगरले बताएका छन् । सो प्रशिक्षण कार्यक्रममा सम्पुर्ण शिक्षक ,विद्यार्थी अभिभावकहरु सहभागिता रहेको थियो ।

तिमल्सिेनाले विगगमा कैलाश गाउँपालिकाको विगट मानिने डाडाखर्र्कको छयाङ्गदुङ्गमा लामो समय स्वास्थ सेवा प्रवाह गरेका थिए भने सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । सो विद्यालयमा २ सय ५ जना अध्यनरत रहेको विद्यालय प्र.अ.सन्तोषि सहनीले जानकारी दिए । विद्यालयमा जाडोका कारण साना साना वालवालिका विद्यालयमा आउन नसक्ने अवस्था रहेकोले सहयोगको अपिल समेत गरेका छन् ।

0 comments

Write Down Your Responses