Powered by Blogger.
विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण फाखेलका युवा गम्भीर घाइते, बेवास्ताप्रति स्थानिय जनता आक्रोशित


मकवानपुर । इन्द्रसरोवर गाउँपालिका वडा नं ५ मकैबारी स्थित सडकमा लत्रीएको तारबाट करेन्ट लाग्दा सोहि वडाका रामकृष्ण कार्की गम्भीर घाइते भएको छ । 

मंगलबार बिहान करिब ६ बजे मोटरसाइकलमा मकैबारी जाँदै गरेका बेला  ११ हजार लाइनको तार बाटोमा लछारिएको देखे पछि बाइकबाट ओर्लिएर पन्छ्याउन खोज्दा करेन्ट लागेको स्थानियले बताए । 

घाइते कार्कीको खुट्टा, हात र ढाड लगायत शरीरका अन्य भाग जलेको छ भने अत्यन्त गम्भीर अवस्थाका बीच काठमाडौं किर्तीपुरमा आइसीयुमा उपचार भैरहेको छ । 

विगत लामो समय देखी नै फाखेलमा नेपाल विद्युत प्राधिकरणले चरम रुपमा लापरबाही गर्दै आइरहेको छ । नयाँ तथा पुराना विद्युत लाइनहरु अव्यवस्थित रुपमा यत्रतत्र, लथालिङ्ग छोडिएको पाइन्छ । जसका कारण पटक पटक स्थानीय बासिन्दा यस्तो समस्यामा पर्दै आएका छन्  । 

जनधनको क्षति हुने यस्ता घटना भैरहँदा पनि नेपाल विद्युत प्राधिकरण पालुङ शाखा र फुज सेवा कार्यालय चखेल भने रमिते बनेका छन् । प्राधिकरणको बेवास्ताप्रति स्थानिय जनता आक्रोशित बनेका छन् ।

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रको नेतृत्व  सन्तोष पन्तले गरेका छन् ।  उनले पनि सो क्षेत्रको काम व्यवस्थित गर्नेभन्दा पनि असुलीमा मात्र ध्यान दिन थालेका छन् ।  

उनले लथालिङ्ग रहेको तारहरु क्रमश व्यवस्थित गर्ने बताए । यता सो लापरवाहीप्रति जनप्रतिनिधीहरुले कडा आपत्ती जनाएका छन् । 

वडा अध्यक्ष धनराज महर्जनले ‘विद्युत प्राधिकरण र ठेकेदारको लापरवाहि’ले कार्की घाइते भएको भन्दै  उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 



गाँउपालिका अध्यक्ष जीवन लामाले पटक पटकको अनुरोध प्राधिकरणले बेवास्ता गर्दा यो अवस्था आएको भन्दै यसबाट उत्पन्न परिस्थितको सबै जिम्मेवारी प्राधिकरण र ठेकेदारले लिनुपर्ने बताएका छन् । ‘फ्युज सेवा कार्यालय यहाँ पनि छ, तर कहिल्यै कर्मचारी हुँदैनन, जति पटक कम्प्लेन गर्दा पनि उस्तै ताल छ, वर्षौदेखि हामीले ध्यानाकर्षण गराँउदै आएकौ हौं ।’ अध्यक्ष लामाले भने । 

प्राधिकरणलाई क्षतिपुर्ती भराउन र आगामी दिनमा गल्ती सुधार्न लगाउनुपर्ने स्थानीय पुस्कल गोलेले बताए । 

0 comments

Write Down Your Responses