Powered by Blogger.
मकवानपुरका सुधार केन्द्रले सयौँको जिवन बचाउँदै

हेटौडा  / मकवानपुरमा संचालन भएको लागु औषध पुर्नस्थपना केन्द्रहरुले सयौँको जिवन बचाउन सफल भएको बताएको छ । आज बुधबार हेटौँडाको न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला लागु औषध समन्वय समतिका प्रतिनिधिहरुले लागु औषध प्रयोकर्तालाई नयाँ जीवन प्रदान गर्नको लागि पुर्नस्थपना केन्द्रको विकल्प नरहेको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला लागु औषध समन्वय समिति मकवानपुरका संयोजक सन्दीप शाक्यले मकवानपुरका ७ हजारको संख्यामा लागु औषधको प्रयोगकर्ता रहेको उल्लेख गरे । मकवानपुरमा रहेका ६ वटा पुर्नस्थपना केन्द्रले हालसम्म ९ सय ४३ जनालाई पुर्नस्थापित गरेको भन्दै उनले आफुहरुलाई हेर्ने सरकारको दृष्टिकोण अझै परिवर्तन भैनसकेको दाबी गरे ।
हाल मकवानपुरमा ५० जना पुर्व लागु औषध प्रयोकर्ताहरु पुर्नस्थपना केन्द्र सञ्चालमा सक्रिय रहेको भन्दै उनले लागु औषध प्रयोगकर्तालाई नयाँ जीवन दिनको लागि पुर्नस्थपनानै अन्तिम बिकल्प भएको बताए ।
 कार्यक्रममा बोल्दै हेटौँडामा सञ्चालित सिआन पुर्नस्थपना केन्द्रका सञ्चालक सौजन डिसिले कसैलेपनि लागु औषध मोजमस्तीको लागि प्रयोग नगर्ने बताए । लागु औषध निश्तेज समाज निर्माणको लागि परिवारले आफ्नो वालबच्चाको अनुसाशनमा मात्र नभै उसको जिम्मेवारीको विषयमा पनि ध्यान दिन जरुरी रहेको बताए ।
उनले भने ः वावुआमाले आफ्नो अगाडी त बच्चालाई अनुशासित बनाउछ, तर बाबुआमाको पछाडी त्यो बच्चा कुलतमा फस्न सक्छ नि , त्यसकारण बच्चालाई अनुशासन सँगै जिम्मेवारी बोध गराउन सक्यो भने उसले लागुऔषध तर्फ ध्यान दिन भ्याउदैन ।
लागु औषध प्रयोग रोग नभै साईक्लोजिकल डिसअर्डर” भएको बताउँदै डिसिले राज्यले पनि यसतर्फ ध्यान दिनुपर्ने बताए । पुर्नस्थपना केन्द्र सञ्चालनको लागि राज्यले बनाएको नियम कानुन कार्यन्वयनमा समस्या भएको भन्दै उनले राज्यले लागु औषध प्रयोगकर्ता तथा पुर्नस्थपना केन्द्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
 कार्यक्रममा बोल्दै पुर्नस्थपना केन्द्रका सञ्चालक दले लामाले समाजमा आफुहरुलाई अझैपनि ट्यापेको रुपमा बुझने गरेको भन्दै दुख ब्यक्त गरे । आफुहरुले समाजमा लागु औषध प्रयोगबाट जीवन बर्बाद गर्दै गरेकाहरुलाई नयाँ जीवन दिने अभियानमा सक्रिय हुँदा समेत समाजको हेर्ने आँखामा परिवर्तन नआएको उनले बताए । कार्यक्रममा बोल्दै पुर्नस्थपना केन्द्रकै अर्का सञ्चालक निर्मल बिडारीले प्रहरी तथा अस्पतालले समेत राखेर उपचार गर्न नसकेकाहरुलाई उपचार गरेर आफुहरुले समाजको लागि योगदान दिन खोजेको भएपनि सरकारले कहिल्यैपनि साथ नदिएको दाबी गरे ।
कायक्रममा बोल्दै लागु औँषध प्रयोगकर्ताकी अभिभावक कमला मिजारले पुर्नस्थपना केन्द्रलाई हेर्ने दृष्टिकोण बदल्नको लागि सबैलाई आग्रह गरिन् । आफुले पनि पहिले पुर्नस्थपना केन्द्रमा गलत काम हुने, पिटने काम हुने भन्ने सुनेको तर आफ्नै छोरालाई पुर्नस्थपना केन्द्रमा राखेपछि छोरोको नयाँ जीवन र त्यहाको वातावरण देखेपछि यो सबै हल्लामात्र रहेको तथ्य खुलेको उनको भनाई रहेको छ । उनले पुर्नस्थपना केन्द्रलाई अस्पतालको रुपमा चित्रण गर्दै लागुऔषधको कुलतमा परेकाहरु सबैलाई पुर्नस्थपना केन्द्रमा राखिनुपर्नेमा जोड दिइन् । Image may contain: 2 people, crowd and outdoor
त्यस्तै पत्रकार रुपेश दुलालले सबै पेसामा समस्या रहेको भन्दै समास्यलाई पाखा लगाएर भएता पनि समाज परिर्वतन गर्न लागेको भन्दै रिकभरी समुहको प्रशंसा गरे ।  यस समुहले सहि कार्य गरेमा सदैव साथ  र नराम्रा कार्य गरेका पत्रकारहरुले कलम चलाउन वाध्य हुने बताए । रासस मकवानपुरका रिपेश दाहालले समाजलाई परिर्वतनका सम्वाहक रिकभरी समुह भएको भन्दै भोटिभेसनका कार्यक्रम गाउँ गाउँमा लैजानु आवश्यक रहेको बताए  । Image may contain: 5 people, people standing and outdoor
Image may contain: 2 people

Image may contain: 3 people, people sitting, outdoor and text

Image may contain: 1 person, outdoor

0 comments

Write Down Your Responses