Powered by Blogger.
बहुउद्देश्यीय सहकारी संघको छैठौं साधारणसभा सम्पन्न


ललितपुर । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको  छैठौ वाषर््िाक साधारण सभा सम्पन्न भएको छ ।  

कार्यक्रम पुर्व मन्त्री एवं नेपाली काग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा सम्पन्न  भएको थियो । 

कार्यक्रममा उनले  देशको आर्थिक सम्वृद्धीको लागि सहकारीहरुले गरेको योगदानको चर्चा गरे ।  पुर्वमन्त्री खाँडले  देशको आर्थिक विकासमा सहकारीले खेलेको भुमिकाको प्रशंसा गर्दै यस्लाई थप व्यवस्थित गर्न आवश्यक बताए ।  

संघका अध्यक्ष सुरेन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न सभामा उनले देशभर संचालित बहुउद्देश्यीय सहकारी संघ संस्थाहरुले २ खर्ब भन्दा बढीको निक्षेप परिचालन सोही बरबरको कर्जा लगानी  गरेको जानकारी दिए ।  

अध्यक्ष भण्डारीले २५ ‘अर्ब भन्दा बढीको पूँजी परिचालन भएको बहुउद्धेश्यीय सहकारी संघ संस्थाको दिर्घकालिन विकास गर्न संस्थागत सुशासन अपरिहार्य महसुस गरी हामीले त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि लगेको जानकारी दिए । 

अध्यक्ष भण्डारीले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले संघको २०७५–२०७९(चार वर्षिय) रणनितिक  योजना सार्वजनिक गरेका थिए । “सदस्यहरुको हकहित, संरक्षण, प्रर्बद्घन र सशक्तिकरणको लागि बहुउद्धेश्यीय सहकारी संघसंस्थाहरुलाई संगठित र नेतृत्वदायी भूमिका निर्वाह गर्दै बिभिन्न सेवाहरु प्रदान गर्ने” लक्ष्य रणनितिमा उल्लेख छ । 

रणनितिक योजना अन्तर्गत सहकारी सदस्यता अभियान, पुजी, वचत ऋण कारोबार तथा लगानीमा वृद्धी, सेवा प्रवाह–परामर्श, तालिम, सफ्टवेयर, कागजात सेवाहरुमा अभिबृद्घि, मानव स्रोत व्यवस्थापन तथा अभिवृद्धी, पुर्वाधार विकास, संस्थागत शुसासन, सुचना प्रविधि र राष्ट्रिय तथा अन्तराष्ट्रिय साझेदारी कार्यक्रम रहेका छन् । 

साधारण सभामा सांसद एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव वडालले मुलकमा सहकारीले गरेको योगदानले देशमा आर्थिक संमृद्धी भएको बताए ।  

सभामा पुर्वमन्त्री एवं प्रदेश–३ सांसद राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय सहकारी बैक लिमिटेडका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय योजना आयोग तथा व्यवस्थापन विज्ञ जनक शाह, भुमी व्यवस्था, सहकारी तथा गरिबी निकारण मन्त्रालयका सचिव गोपिनाथ मैनाली, ग्लोबल सदस्य एवं अन्तराष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल,सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

संघले साधारणसभामा आर्थिक वर्ष २०७५÷०७६ को योजना  सार्वजनिक गरेको थियो । सदस्यता बृद्धि गर्ने ,मुलुकभर संचालित बहुृउद्देश्यीय सहकारी संघ÷संस्थाहरुको वास्तविक तथ्याङ्क संकलन गर्ने, प्रारम्भिक सहकारी संघ÷संस्थाहरु, विषयगत जिल्ला संघहरु र प्रदेश संघहरुको लागि केन्द्रीय संघ मार्फत व्यवस्थापकीय क्षमता अभिबृद्धि गर्न तथा सहकारी शिक्षा सम्बन्धी तालिम प्रदान गर्न सरकार लगायत सरोकारवाला निकायसंग प्रस्ताव पेश गरि अनुदान माग गर्ने  रहेका छन् ।  

तीन वर्ष अघि स्थापित नेपाल बहुउद्धेश्यीय सहकारी संघ अन्तर्गत १२ संघ २ सय ४७ संस्था आवद्ध छन् । संघ अन्तर्गत ३६ जिल्लामा जिल्ला कार्यालय रहेका छन् । संघले २०७५ भदौ १ गते काठमाडौंको न्युरोडमा सदस्य सुविधा काउण्टर संचालन गरेको छ । 



0 comments

Write Down Your Responses