Powered by Blogger.
हेल्थ असिस्टेन्ट संघ मकवानपुर द्धारा प्रचन्डलाई ज्ञापन पत्र

मकवानपुर / हेल्थ असिस्टेन्ट संघ नेपाल मकवानपुर शाखाले आज पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।
बागमी गाउँपालिकामा आजबाट शुरु हुने बागमती गोल्डकपको उद्घाटन गर्न आईपुगेका प्रचण्डलाई हेल्थ असिस्टेन्ट संघ मकवानपुरका कार्यवाहक अध्यक्ष राजु सुनारीको नेतृत्वको टोलीले अध्यक्ष प्रचण्डलाई सो ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउदै हान मकवानपुर कार्यवाहक अध्यक्ष सुनारीले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको व्यवस्था गर्न बनेको विधेयकमा अन्तरसेवा तथा अन्तरप्रादेशिक लोकसेवा आयोगमा प्रतिस्प्रर्धा गर्न पाउने व्यवस्था हुनुपर्ने,‘ननएकेडेमिक’ तालिमलाई निरुत्साहित गर्दै कर्मचारी शैक्षिक एकेडेमिक अध्ययनको बाटोलाई स्पष्ट तय गरिनुपर्ने माग राखेको छन ।
 त्यस्तै स्थानीय तहका लागि प्रस्तावित संगठन संरचनामा शाखा र उपशाखा तथा एकाइ प्रमुखमा वर्गका आधारमा तहगत, पदीय ज्येष्ठता हुनुपर्ने, कर्मचारी खटाउँदा सेवामा रहँदाको ऐन–नियममा उल्लेखित सेवा, सुविधा र सुरक्षाको सर्तमा कुनै परिवर्तन नहुने गरी खटाउनुपर्ने,  स्थानीय तहमा कर्मचारी खटाउँदा वा समायोजन गर्दा तहगत रूपमा नभई जिम्मेवारी तथा कार्यप्रकृति हेरी ‘चेन अफ कमान्ड’ र ‘हाइरार्की’मा कुनै असर नपर्ने गरी सेवाप्रवेश गरेको नियुक्तिपत्रमा उल्लेखित पदअनुसार मात्र गर्नुपर्ने लगायतका ६ बुद्धे माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
जवाफमा अध्यक्ष प्रचण्डले आन्दोलनरत हेल्थ असिस्टेन्टहरुको मांगबारे जानकार भएको भन्दै तत्काल मांग पुरा गराउन स्वास्थ्य मन्त्रालयमा बिशेष पहल गर्ने बताएका थिए । सो अवसरमा मकवानपुरमा आन्दोलनरत हानका सदस्यहरु कबिन श्रेष्ठ,प्रकाश काउसा लगायतको उपस्थिती समेत रहेको थियो ।

0 comments

Write Down Your Responses