न्यानो कपडा पाएपछि मकरीका बालबालिकामा खुसी छायो

मनहरी गाउँपालिका वडा नम्बर १ मकरीका ५० जना वालवालिकालाई सुइटर,टोपि र कम्बल बितरण गरेको एन.सी.एफ नेपाल ३ नम्बर प्रदेश युवा समितिका सचिव बिरु रन्त दोङले जानकारी दिए ।
जाडोका कारण बिपन्न बर्गका बालबालिकाहरुलाई बिद्यालय जान समस्या भएको थाहा पाए पछि न्यानो कपडा बितरण गरिएको दोङले बताए ।
एन.सी.एफ नेपालको ६० औँ बर्षगाँठको अवसर समेत पारी विभिन्न ब्यक्तिहरुबाट आर्थिक संकलन गरि जाडोकै कारण कोही पनि विद्यार्र्थीहरु बिद्यालय जानबाट बन्चित नहुन भनेर नै आफुहरु न्यानो कपडा सहयोगको लागि आएको समितिका सदस्यहरुले बताएका छन् । न्यानो कपडा पाए पछि उनिहरुको मुहार मा खुसी छाएको छ ।
संस्थाका अध्यक्ष ईश्वर पाख्रिनको अध्यक्ष्यतामा वितरण भएको कार्यक्रममा स्थानिय प्रतिनिधिहरु, मण्डलीको पाष्टर, अगुवाहरु आतिथ्यता रहेको थियो ।
0 comments
Write Down Your Responses