रियल युनिकले अपाङ्गता भएका ब्यक्तिहरुलाई निशुल्क कम्प्युटर तालिम दिने
हेटौँडा / मकवानपुरको हेटौडामा लामो समय देखि संचालित रियल युनिक कम्प्युटर इन्ष्टिच्युटले आफ्नो २० औं वार्षिकोत्सवमा २० जना अपाङ्गता भएकाहरुलाई तीन महिने कम्प्युटर तालिम दिने भएको छ । आज हेटौँडाको न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा सस्थाका सञ्चालक भागवत कुमार श्रेष्ठले माघ ६ गतेबाट तालिमको शुभारम्भ हुने बताए ।आफुहरुले कम्प्युटर शिक्षा दिन लागेको २० वर्षको अवसरमा विशेष क्षमता भएको तथा अपाङ्गता भएकै कारण शिक्षालिनबाट बञ्चितहरुलाई आफुहरुले तीन महिने अफिस म्यानेजमेन्ट सफ्टवेयर प्याकेज निशुल्क कक्षाको ब्यवस्था गर्न लागेको बताए । कम्प्युटर शिक्षा प्राप्त गरेका र विशेष दख्खल राख्नेहरुलाई थप कोर्स समेत दिने भन्दै उनले रोजगारको समेत ब्यवस्था गर्न सक्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौँडा उपमहानगरपालिका वडा नंबर १ का वडा अध्यक्ष सविन न्यौपानेले कम्प्युटर शिक्षा अहिलेको अति आवश्यक शिक्षा भएको भन्दै रियल युनिकले गरेको कामको प्रशंसा ब्यक्त गरे । अझ अपाङ्गता भएकाहरुको लागि ल्याएको कार्यक्रमले उनीहरुलाई जीवन जीउन थप सहजता प्रदान गर्ने बताए ।
कार्यक्रममा क्यान मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनीले रियलको नयाँ कार्यक्रम मकवानपुरको लागि नमुना भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमगाई, क्यान मकवानपुरका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।



0 comments
Write Down Your Responses