Powered by Blogger.
२ करोड ५६ लाखको लागतमा थाहा १० मा डिप बोरिङ प्रक्रिया सुरु

सिम्रन खड्का 
थाहा /  उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. १० विसिङ्खेलमामा डिपबोरिङबाट खानेपानी व्यवस्थापनका लागि कार्य प्रारम्भ भएको छ । वि.सं. २०७२ बैशाख १२ र २९ को भुकम्पपछि खानेपानीको मुहान सुकेर खानेपानी अभाव भएपछि सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) को आर्थिक सहयोगमा बैकल्पिक स्रोत अन्तर्गत डिपबोरिङ गर्न लागिएको हो । 
दुईवर्षमा परियोजना सम्पन्न गर्ने गरी सिसिडिएन÷केयर नेपालले २ करोड ५६ लाखको लागतमा खानेपानी आयोजनाको निर्माण गर्न लागेको हो । उक्त योजनाबाट छ सय घरधुरी लाभान्वित हुने बताइएको छ । बृहत सितापाइला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरी कार्य प्रारम्भ गरिएको संस्थाले जनाएको छ । 
खानेपाली आयोजनाको लागि थाहा नगरपालिकाको समेत लगानी रहेको छ । खानेपानी आयोजनाको लागि २१ पौषमा भएको भेलाबाट मर्मत सम्भार कोष निर्माण गरिने निर्णय भएको छ । कोषका लागि प्रत्येक घरधुरी बाट तीन हजार पाँचसय रुपियाँ र प्रत्येक घरबाट १० जना बराबरको श्रम दान गर्ने निर्णय भएको छ । 
चार हजार दुईसय जनसंख्या रहेको उक्त खानेपानीको सेवा क्षेत्रमा डिपबोरिङ मार्फत प्रतिसेकेन्ड २७ लिटर पानी निकाल्ने उदेश्य लिएको थाहा–१० का वडा अध्यक्ष हिराबहादुर गमालले जानकारी दिए । भेलामा करिब तीनसय जनाको उपस्थिती रहेको भेलामा १० नम्बर वडाका जनप्रतिनीधिहरु, सिसिडिएनका प्राबिधिक गगन बहादुर थापा, बृहत सितापाइला खानेपानी तथा ससरसफाई उपभोक्ता समितिकाका अध्यक्ष हरि मगर सचिव कुलचन्द्र अर्याल लगाएतको उपस्थिति रहेको थियो।

0 comments

Write Down Your Responses