Powered by Blogger.
लायन्स श्रेष्ठको पहलमा कैलाशका १ सय ६० घरले पाए न्यानो कपडा

मकवानपुर / जाडो र शीतलहरबाट अति प्रभावित कैलाश गाउँपालिकाका अति गरिब, विपन्न र निःसहायलाई न्यानो कपडा वितरण गरिएको छ ।

लायन्स क्लव अफ हेटौडा भुटनदेवि बजारका अध्यक्ष लायन्स पुजा श्रेष्ठको पहल तथा गाउँपालिकाको संमन्वयमा गाउँपालिकाको वडा नम्बर ३,४ र ८ मा रहेका अति गरिब र विपन्न समुदायका १ सय ६० घर परिवारलाई २ सय २० थान न्यानो कम्बल बितरण गरेको हो ।
Image may contain: 6 people, people sitting
अत्यधिक चिसो र शीतलहरबाट प्रभावित अतिगरिब र विपन्न समुदायलाई लक्षित गरेर लायन्स पुजा श्रेष्ठले हेटौडाका लायन्स तथा लियो, हेटौडाका उद्योगी–व्यापारी तथा विदेशमा कार्यरत दाजुभाई दिदिवहिनीबाट बाट सङ्कलन गरिएको उक्त परिणामको न्यानो लुगा गाउँपालिकाको रोहबरमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको सो कार्यक्रममा सहभागि लियो क्लव अफ हेटौडा भुटनदेविका अध्यक्ष अनिल अधिकारीले जानकारी दिए । 

सो अवसरमा गाउँपालिका अध्यक्ष टंक बहादुर मुक्तानले लायन्स र लियोले गरेको सहयोग अतुलनिय भएको र यस भेगका जनताले राहत महसुस गरेको बताए । न्यानो सामाग्री पाए पछि उनिहरुको मुहारमा खुसी छाएको कार्यक्रम संयोजक तथा लायन्स हेटौडा बजारका अध्यक्ष पुजा श्रेष्ठले बताईन । 
Image may contain: 9 people, crowd, hat and outdoor
कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बी टु नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर शम्भु नकर्र्मी , एड्भाइजर सुकृतराज पराजुली, डिष्ट्रिक कोअर्डिनेटर बसन्त सिटौला लगायतको आतिथ्यता रहेको थियो । 

0 comments

Write Down Your Responses