Powered by Blogger.
भुमि अधिकार मञ्चको जिल्ला परिषद्

मकवानपुर / राष्ट्रिय भूमी अधिकार मञ्च मकवानपुरको छैठौ जिल्ला परिषद बुधबार हेटौंडामा सम्पन्न भएको छ । तीन नम्बर प्रदेशका सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्य तथा मञ्चका मकवानपुर अध्यक्ष यज्ञबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला नेता एकालाल श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला नेता भीमसेन महत, राष्ट्रिय भूमी अधिकार मञ्चकी केन्द्रीय महासचिव सरस्वती सुब्बाको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा राष्ट्रिय भूमी अधिकार मञ्चका प्रदेश सदस्यहरु सवाल सिं थिङ, सूर्यबहादुर सापकोटा, ठूलीमायाँ मुक्तान, सामुदायिक आत्मनिर्भर केन्द्रका मकवानपुर संयोजक राम शाही, ट्रान्परेन्सी ईन्टरनेशनलकी मकवानपुर संयोजक प्रमिला थिङ लगायतको आतिथ्य रहेको थियो ।

राष्ट्रिय भूमी अधिकार मञ्चकी मकवानपुर सचिव मीरा स्याङ्तानले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा जिल्ला उपाध्यक्ष धनबहादुर रेग्मी, सदस्य जयबहादुर वाईबा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

0 comments

Write Down Your Responses