Powered by Blogger.
मकवानपुरे समाज, काठमाडौंको पहिलो साधारण सभा सम्पन्न, अध्यक्षमा गुरुङ सहित निर्विरोध रुपमा कार्यसमिति चयन


काठमाडौं । मकवानपुरे समाज, काठमाडौं पहिलो साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । 

शनिबार राजधानीको थानकोट स्थित त्रिभुवन पार्कमा एक वनभोज कार्यक्रम सहित करिव अढाइ सय सदस्यहरुका माझ साधारण सभा सम्पन्न भएको हो । 

साधारण सभाले अरुणकुमार गुरुङको अध्यक्षतामा कार्यसमिति निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा दिपक कार्की, रमेशराज बज्राचार्य र राजेश महर्जन, महासचिव राजु लामा, सचिव अनोज अधिकारी र कोषाध्यक्ष बालकृष्ण जोशी चयन भएका छन् । यसैगरी समाजको कार्यसमिति सदस्यहरुमा दिलिप श्रेष्ठ, मनोज अधिकारी, केशव अधिकारी, हरेराम कार्की, सुनिता ढुङ्गाना र जीवन बस्नेत रहेका छन् । 

विधान अनुसार बाँकी दुइजना कार्यसमिति सदस्य अध्यक्ष गुरुङले मनोनयन गर्ने प्रमुख निर्वाचन अधिकृत सजनलाल प्रधानल जानकारी दिनुभयो । 

कार्यक्रममा वरिष्ठ न्युरोलोजिष्ट प्रा.डा. गोपालरमण शर्मा प्रमुख अतिथि रहनुभएको थियो । उहाँले संस्थाको सामाजिक सेवाको भावनालई हौसला प्रदान गर्न पाँच लाख रुपैंया सहयोग समेत गर्नुभएको छ । यसैगरी कार्यक्रममा संघीय संसद अन्तर्गत राष्ट्रिय सभा सदस्य तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी विशिष्ट अतिथि रहनुभएको थियो ।

उहाँले कार्यक्रम सफलताको कामना गर्दै समाजलाई आफ्नो तर्फबाट सधैं साथ र सहयोग रहेको अवगत गराउनुभयो । सभापति बिडारी समाजको प्रमुख सल्लाहकार समेत हुनुहुन्छ । 

कार्यक्रममा मकवानपुरका किशोरी बहिनीहरुको स्वास्थ्य, शिक्षा र सुरक्षा सम्वन्धीत कार्य गर्नको लागि रोज बहिनी सृजनशील महिला समाजको अध्यक्ष श्रीमती बिचीश्री रेग्मी भण्डारी साथै रोज बहिनी क्लवका राष्ट्रिय अध्यक्ष सुश्री रोज भण्डारीद्धारा संस्थालाई ५० हजार रुपैंया सहयोग प्रदान गरिएको थियो । 

समाजले राजधानीमा रहेका मकवानपुरेहरुबीच सदस्यता वृद्धि गर्दै जानुका साथै मकवानपुरका दुर्गम भेगहरुमा स्वास्थ्य र शिक्षा सम्वन्धी कामहरु अघि बढाउने कार्ययोजना अघि सारेको छ । 




0 comments

Write Down Your Responses