Powered by Blogger.
नेपाल शिक्षक संघ बागमतीको स्थानीय प्रतिनिधि सभा सम्पन्न

Image result for नेपाल शिक्षक संघ picबागमती  / नेपाल शिक्षक संघको बागमती गाउँपालिका स्थानीय प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ । बागमती गाउँपालिका वडा नम्बर १ माझगाउँमा रहेको सूर्य माध्यामिक विद्यालयमा कार्यक्रम भएको हो । नेपाल शिक्षक संघ जिल्ला सदस्य देव बहादुर मस्या·ीको अध्यक्षतामा भएको स्थानीय प्रतिनिधि सभामा नेपाल शिक्षक संघ मकवानपुर जिल्ला अध्यक्ष रामकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अधिकारीले शिक्षकहरुको हक र हितका लागि शिक्षक संघ सदैव तत्पर रहेको बताए । शिक्षकहरुमा आउने समस्यालाई समाधानको निम्ती शिक्षक संघ लागिपर्ने उनले बताए । स्थानीय प्रतिनिधि सभामा शिक्षक संघको स्थानीय गतिविधि र आगामी दिनमा गर्ने कार्ययोजनाको विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य कृष्णप्रसाद दाहाल,
बागमति गाउँपालिका वडा नम्बर १ का अध्यक्ष खगेन्द्र वाइबा, वडा नम्बर २ का अध्यक्ष जगतमान लामा, बागमति गाउँपालिका शिक्षक संघ स्रोत व्यक्ति रेवतीरमण पहाडी, शिक्षक संघ पूर्व जिल्ला सदस्य शंकर पराजुलीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा बागमती गाउँपालिकामा रहेको देवी प्राथमिक विद्यालयकी प्रधानाध्यापक सुनिता लामा सहित केही शिक्षकहरु नेपाल शिक्षक संघमा प्रवेश गरेका छन् ।

0 comments

Write Down Your Responses