नेपाली काँग्रेस परित्याग गरि कैलाश ५ का ४८ जना नेकपामा प्रवेश

लामो समय देखि नेपाली काँग्रेसमा आवद्ध भएर कार्य गरेका नेपाली काँग्रेसका नेता क्रिषिदेव पाख्रिनको नेतृतवमा ३९ जना पाटि परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् । भने त्यस्तै कैलाश ५ कै गोगनेका काँग्रेसका कार्यकर्ता भिम बहादुर योञ्जन सहितको ९ जनाको समुह नेकपामा प्रवेश गरेका हुन् ।
सो कार्यक्रममा नेकपाका जिल्ला सचिवालय सदस्य बिष्णु बिष्ट आर्दश, कैलाश—५ का वडा अध्यक्ष छेकु लामा, नेकपा जिल्ला सदस्य विनायक गोले, जिल्ला सदस्य नरेन्द्र रिजाल, स्थानिय नेता राजकुमार गोले, तुलाराज दर्लामी, सानुभाई बिष्ट लगायतको आतिथ्यता रहेको थियो । पाटि परित्याग गरेका सबैलाई प्रमुख अथिति घलानले अबिर तथा दोसल्ला ओडाएर स्वागत गरेका थिए ।
अवसरबादि तथा ब्यक्तिवादि हवि भएको भन्दै आफु पाटि परित्याग गरेको पाख्रिनले बताए । उनले भने, “समाजको विकासका लागि कोहि कसैले व्यक्तिवादि नभई एक भएर लागे मात्रै पाटिको औचित्य हुनेछ, यस्ता प्रविति अन्त्य नभई अवसरवादिहरुको जमात रहेको बताए ।” विकास निमार्णमा आश्वसन मात्रै भएको तर पुराना कार्यकतालाई व्यवास्ता गरेको समेत गुनाषो गरे । पाख्रिन स्थानिय निर्वाचनमा कैलाश ५ बाट वडा सदस्यबाट उम्मेद्धारी समेत दिएका थिए ।
0 comments
Write Down Your Responses