Powered by Blogger.
बागमतीमा आगलागीबाट ३ लाख नगद सहित घर जलेर नष्ट

मकवानपुर / मकवानपुरको बागमती गाउँपालिका–७ धनसाईमा आगलागी हुँदा एक घर जलेको छ । आज दिउँसो करिब ३ बजेतिर लागो लाग्दा हर्क बहादुर लोप्चनको घर जलेर पूर्णरुपमा नष्ट भएको स्थानीय निर्मल तिमल्सिनाले जानकारी दिए ।

स्थानीयले आगलागी भएको दुई घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए । घर जलेपछि लोप्चनकोे परिवार छिमेकीको घरमा बसेका छन् । घर सँगै रहेको गोठमा रहेका भान्सा चुलोबाट परालमा सल्केको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ । प्रहरीको भनाई अनुसार नगद ३ लाख सहित १५ लाख बराबरको क्षति भएकोछ । 
आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका लोप्चन परिवारलाई सहयोगको खाँचो रहेको स्थानीयवासी तिमल्सिनाले बताए । आगलागीबाट लोप्चनको घर जलेर पूर्णरुपमा ध्वस्त हुनाका साथै खाद्यान्न, लत्ता कपडा र भाँडाकुँडा सबै जलेर नष्ट भएको बताए ।  

यसैबीच, पीडित परिवारलाई स्थानीयवासी सानो टहरो समेत बनाई दिएका छन् । आगलागीको खबरले आफूलाई दुःखी तुल्याएको बताउँदै तिमल्सिनाले आर्थिक अवस्था कमजोर भएका सोे परिवारको घाउमा मलम लगाउन सबैमा अनुरोध गरेका छन् । पीडितले आफूहरुको घर पुनःनिर्माण गर्ने कुनै उपाय र आयस्रोत नभएकाले आवश्यक सहयोग गरिदिन अपिल गरेका छन् । 

0 comments

Write Down Your Responses