Powered by Blogger.
थाहाको दामन देखि सिमभञ्ज्याङका होटल अनुगमन,अवस्था सुधारात्मक

थाहा / थाहा नगरपालिका स्तरीय हित संरक्षण समितिले आज विहीवार थाहानगर थाहाको दामन सिमभञ्ज्याङको होटल तथा किराना पसलको अनुगमन गरेको छ । उत्तरी थाहामा हिउँ परे सँग सिम्भञ्ज्याङका होटल व्यवसायिहरुले ब्रम्हलुट मच्चाईरहेका खबर आए पछि  हित संरक्षण समितिले बजार अनुगमन गरेको हो । 

थाहा ४ को दामन देखि सिमभञ्ज्याङ सम्मका विभिन्न होटल तथा खाद्य स्टोर्सहरुमा अनुगमन गरेको थाहा नगरपालिका स्तरीय हित संरक्षण समितिको संयोजक तथा थाहा नगरपालिका उप-प्रमुख खड्ग बहादुर गोपालीले जानकारी दिए । 
अनुगमनको क्रममा केहि पसलहरुले मुल्य भन्दा बढि लिएको पाएको भेटिएको बताए  । त्यस्तै मूल्य सूची नराखिएको, व्यवस्थापनमा कमिकमजोरी, सरसफाईमा ध्यान नदिईएको पाएको छ । अन्तरिक तथा वाह्य पर्यटकलाई खानेकुरामा अत्याधिक मुल्य लिएको भन्ने होटलहरुमा कडा गरि अनुगमन गरेको भन्दै विगतको तुलनामा भन्दा अहिले सुरधारात्मक देखिएको बजार अनुगमन समितिका संयोजक अनिल लामिछानेले बताए ।
 उपभोक्ताको स्वास्थ्यमा लाई मध्यनजर गर्दै गरिएको अनुगमनको क्रममा उद्योगी, व्यवसायी तथा व्यापारीलाई मूल्य सूचि राख्न , म्याद सकिएका सामानलाई छुटै राख्न,  म्याद हेरेर मात्र सामान खरिद विक्रि गर्न सँगै उचित मुल्यमा सामान विक्रि वितरण गर्न आग्रह गरेको छ ।  
थाहा नगरपालिका स्तरीय हित संरक्षण समितिको संयोजक तथा थाहा नगरपालिका उप—प्रमुख खग्ग बहादुर गोपालीको संयोजकत्वमा गरेको अनुगमनमा बजार अनुगमन समितिका संयोजक अनिल लामिछाने, थाहानगर उद्योग वाणिज्य संघंका सदस्य भरत गोपाली, इलाका प्रहरी कार्यालय पालुङको तर्फ धुर्व प्रसाद सिलवाल, नेपाल पत्रकार महासंघ मकवानपुरका सह—सचिव तथा न्यूज क्लव नेपालका अध्यक्ष धमेन्द्र दाहाल, रेडियो सरोबरका समाचार प्रमुख रुपक कालिराज लगायतको सहभागिता रहेको थियो । 

0 comments

Write Down Your Responses