Powered by Blogger.
हिउँ पन्छाए पछि अबरुद्ध सडक शुचारु, टेफिफोन सेवा पनि सञ्चालन

Image may contain: snow, sky, outdoor and natureथाहा / भारी हिमपातका कारण अवरुद्ध भएको त्रिभुवन राजपथ खुलेको छ । बुधबार रातिदेखि भएको हिमपातका कारण राजपथको थाहा नगरपालिका खण्ड अवरुद्ध भएको थियो । नगरपालिका र सडक डिभिजन कार्यालयको टोलीले सडकबाट हिउँ पन्छाएपछि गाडी चल्न थालेको नगरपालिकाका उप-मेयर खड्ग गोपालीले बताए ।

राजपथको भीमफेदी गाउँपालिकाको अधोर र थाहा नगरपालिकाको ओखरबजारमा गाडी रोकिएको थियो ।

सडक सञ्चालन गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ आफैं सिमभञ्ज्याङ पुगेका थिए । सडक सञ्चालन भएसँगै हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा हुँदै चल्ने सवारी साधनहरु सञ्चालन भएका छन् ।

उपमेयर गोपालीका अनुसार झण्डै ३ हजार युवायुवती दामन, सिमभञ्ज्याङ क्षेत्रमा रहेका छन् ।  ०६२ पछि अहिलेसम्मको उच्च हिमपात भएको उनले बताए । सिमभञ्ज्याङमा ५ फिट हिउँ जमेको छ । मौसम निकै चिसो हुँदा हिउँका पारखीले ठाउँठाउँङ्गा आगो बालेर न्यानो बनाएका छन् ।

यसपालि सिमभञ्याङसहित उत्तरी मकवानपुरको शिखरकोट, चित्लाङ, फाखेलसहितका क्षेत्रमा हिमपात भएको बताइएको छ । हिमपातसँगै अबरुद्ध टेफिफोन सेवा पनि सञ्चालन भएको छ ।

0 comments

Write Down Your Responses