हेटौंडामा आजदेखि औद्योगिक ब्यापार मेला शुरु, हेर्नुस् को-को कलाकार आउदैछन्

मेलाको प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने बताइएको छ । ११ बजे पल्पसा हलबाट कलशयात्रा गरी १ बजे औपचारिक उद्घाटन गरिने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
मेलामा अटो, कम्प्युटर सूचना प्रणाली, हस्तकलाका सामग्री, कृषि उत्पादन, फलपूmल, तयारी पोशाक, जुत्ता, महिला उद्यमीद्वारा निर्मित हस्तकलाका सामग्री एवम् सातै प्रदेशबाट उत्पादित औद्योगिक सामग्रीसहित जम्मा ४ सय ४० वटा स्टल रहेको मकवानपुर उद्योग वाणिज्यले जनाएको छ ।
मेला अवधिभर अवलोकन गर्न आउने सर्वसाधारणको रुचिअनुसार हेलिकोप्टरबाट हेटौंडा बजारलगायत प्राचीन स्थलको अवलोकन गर्न मिल्ने व्यवस्था पनि रहेको संघले जनाएको छ ।
कार्यक्रममा हास्य कलाकार जितु नेपाल (मुन्द्रे), उमेश राई (फुलन्देकी आमा), शिवहरी पौडेल (मुखा हानु जस्तो), किरण केसी (राता मकै), सन्ध्या बुढा (काउली बुढी) आदी राष्ट्रिय कलाकारहरूको हास्य प्रस्तुती रहने संघले बताएको छ ।
त्यस्तै गायक शिव परियार, सुजिल कर्माचार्य, अशोक दर्जी, सुगम पोखरेल, प्रदाप दास, निशान भट्टराई, कृष्ण काफ्ले, राजनराज सिवाकोटी, कुलेन्द्र विक, कमल क्षेत्री, मिलन लामा, प्रिती आले, चेतन सापकोटा, शिव हमाल, निशा लामा, सुनिल थापा, रेखा लामा, टंक बुढाथोकी, ए आर बुढाथोकीलगायत राष्ट्रिय कलाकारहरू सँगसँगै स्थानीय कला समूह तथा कलाकारहरूको प्रस्तुति रहने बताइएको छ ।
मेलामा विशेषज्ञ डाक्टरको सहभागितामा निःशुल्क स्वास्थ्य शिविरका साथै हात्ती, घोडा, डुङ्गाको पनि व्यवस्था गरिएको मकवानपुर उद्योग वाणिज्यले जनाएको छ ।
0 comments
Write Down Your Responses