Powered by Blogger.
कैलाश बैकुण्डलाई पर्यटकीय हब बनाउछौँ : राजेन्द्र घिसिङ,अध्यक्ष

कैलाश / कैलाश गाउँपालिका क्षेत्रकै नमुना वडाको रूपमा चिनाउने वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङले बताए ।

 आज रेडियो सरोबरको कार्यक्रम चिया गफमा कुुराकानी गर्दै अध्यक्ष घिसिङले प्राकृतिक सौन्दर्यता, हावापानी र धार्मिक तथा जातिय महत्वका विभिन्न स्थल रहेको वडालाई आफ्नो कार्यकालमा पर्यटकीय हवको रुपमा विकास गर्ने बताए ।

गाउँपालिकाले चालु आर्थिक बर्ष पर्यटन विकासको लागि छुट्याएको बजेटबाट बिभिन्न संरचना निमार्ण तथा प्रचारप्रसार गरिरहेको उनले बताए ।  उनले भने,“कैलाश गाउँपालिकाको सम्पुर्ण वडाको अवलोकन, ऐतिहाँसिक विष्णुकुण्ड गुफा, तामाङ जातीको परम्परागत सांस्कृतिक सम्पदा रहेको कारण यस वडालाई पर्यटकीय केन्द्र बनाउन अग्रसर छौं ।”  कैलाश २ मा गुरु पद्यमसम्भको मुर्ति स्थापना यसै बर्षबाट शुरु भएको छ ।  यस योजनाको लागि ७ लाख रुपैयाँ विनियोजन गरेको बताए ।

पर्यटकलाई खाना र वस्ने सुविधाका लागि होमस्टे निमार्ण शुरु गरेका समेत बताए  । होमस्टे निमार्ण गरि सांस्केतिक प्रर्दशनी तथा स्थानीय खानाको स्वाद चखाउन र पर्यटकलाई बसोवासको राम्रो व्यवस्थ गर्ने जमर्को गरिरहेको उनको भनाई रहेको छ ।

0 comments

Write Down Your Responses