Powered by Blogger.
अपडेट : ओभर स्पीड कारण दुर्घटना-मुत्यु हुनेमा सिन्धुलीका हेम श्रेष्ठ


Image result for ट्याक्टर दुर्घटना,३ को मृत्यु,बागमती गाउँपालिका ÷ मकवानपुरको फापरबारीमा ट्याक्टर दुर्घटनामा परेका ६ जनाको पहिचान भएकोछ ।   हेटौडाबाट सिन्धुलीतर्फ जाँदै गरेको ६ त ४४२ नम्बरको ट्याक्टर आज साँझ दुर्घटना भएको हो । 

ट्रयाक्टर पल्टिँदा सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ५० वर्षीय हेमकुमार श्रेष्ठको ज्यान गएको छ भने दुर्घटनामा हेटौँडाकी शिक्षिका शिवमाया मगर समेत घाईते भएको फापरबारीबाट स्थानीय शिक्षक प्रमोद कुमार राईले जानकारी दिए । मगर बाग्मती गाउँपालिका वडा नम्बर ५ देवकी मावि ज्यामिरेमा भएको अस्थायी शिक्षकको भेलामा सहभागी भएर घर फर्कदैँ गरेकी थिईन् ।



दुर्घटनामा परी सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर ३ बस्ने बखत राई गम्भिर घाईते भएको राईले बताए । राईको अवस्था चिन्ताजनक भएको समेत उनले जानकारी दिएका छन् । त्यस्तै दुर्घटनामा परि गम्भिर घाईते भएका शक्ति राई, मोहन राई र कृष्ण राईलाई समेत उपचारका लागि हेटौँडा तर्फ रिफर गरिएको शिक्षक राईले जानकारी दिए । बागमती गाउँपालिका वडा नम्बर ४ को पाँचपााण्डल भन्ने स्थानमा ओभर स्पीड भएका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । 



0 comments

Write Down Your Responses