Powered by Blogger.
क‌ैलाश ४ का १ सय ७० परिवारलाई न्यानो कपडा वितरण

KAilash-Kam-1549099486.jpgक‌ैलाश  / ज्ञातअज्ञात शहिदहरुको सम्झनामा हरेक वर्ष मनाईने गरेको शहिद दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कैलाश ४ नम्बर वडाका १ सय ७० घरपरवार चेपाङ तथा प्रजाका घरपरिवारलाई १९ माघमा न्यानो कपडा कम्बल वितरण गरेका छन् ।

जाडोको समयमा चेपाङका परिवारहरु कठ्याङ्ग्रिएर बस्न नपरोस् भन्दै नेता बानियाँले कैलाश ४ का धारापानी, गोपेधारी, देउतिस, धुसराङ्ग, किटराङ्ग टोलका १ सय ७० घरधुरी चेपाङ तथा प्रजा परिवारलाई कम्बल वितरण गरेका हुन् । नेता बानियाँले प्रदेशसभाबाट उपलब्ध सेवा शुल्कबाट विभिन्न सामाजिक कार्यमा खर्च गर्नेक्रममा कैलाश गाउँपालिकाको ४ नम्बर वडाका गरिव तथा विपन्न चेपाङ तथा प्रजा परिवारलाई न्यानो कपडा कम्बल वितरण गरेका हुन् ।

न्यानो कपडा वितरण कार्यक्रममा कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस हेटौंडा उपमहानगर समिति सभापति आनन्दराम पराजुली, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारी, कांग्रेस कैलाश गाउँपालिका नेता बिरचन्द्र प्रजा, कैलाश गाउँपालिका ४ का वडा सदस्य गंगालाल प्रजा, शिक्षक मनोज प्रजालगायतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses