Powered by Blogger.
जनताले देखेको समृद्धिको सपना ५ बर्षे कार्यकालमा पुरा गछौँ : धनमाया स्याङतान, उपाध्यक्ष

मकवानपुर / धनमाया स्याङतान राजनीतिमा एक इमान्दार नेतृका रुपमा परिचित नाम हो । राजनीतिमा लागेर सामाजिक गतिविधिमा क्रियाशिल धनमाया लामा समयको राजनीतिक तथा सामाजिक गतिविधि, जनताको पक्षमा सदैव उभिने चरित्रले गर्दा इमान्दार नेतृको छविले चिनिएकी हन् । जनताको विश्वास र माया पाएकी स्याङतान बागमती गाउँपालिका उपाध्यक्ष छिन् । स्थानीय तहको निर्वाचन भएको झन्डै दुई वर्ष भएको छ । जनप्रतिनिधिहरू आफ्नो क्षेत्रको विकासमा लागिपरेको बताउँछन् । गाउँपालिका उपाध्यक्ष तथा नगरपालिकाका उपप्रमुखहरूलाई न्याय र अनुगमन क्षेत्रको कार्यकारी अधिकार दिइएको छ । बागमती गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङतान संग गाउँपालिकामा न्याय सम्पादनको पाटो के कस्तो छ ?, गाउँपालिकाले के कसरी आफ्नो गतिविधि अगाडि बढाइरहेको छ ? लगायतको वियषमा हाम्रा सहकर्मी रुपक कालिराजले गरेको कुराकानी :

गाउँपालिकाको उपाध्यक्ष भएर काम गरिहँदाको अनुभव बताईदिनुस न ?
अनुभव भन्दा पनि क्षेत्राधिकार भित्र रहेर जनताका काम चुस्त दुरुस्त रुपमा प्रभावकारी ढङ्गले अगाडि बढाउने कार्यमै व्यस्त रहें । उपाध्यक्षको क्षेत्राधिकार न्याय सम्पादन तथा सामाजिक कामसँगै जोडिएकोले त्यस्तै कुरामा हिजोको दिनमा राजनितिक रुपमा गरेका कामहरु सामाजिक क्रियाकलापहरुको अनुभवलाई अहिले केही हदसम्म भएपनि सदुपयोग गरिरहेको छु । हामी सिकाइकै क्रममा छौँ र सबैसँग घुलमिल अनि अभ्यास गर्दै सिक्ने काम भइरहेको छ  । सिक्दै पनि गएका छौँ ।

जनताले महसुस गर्ने खालका कामहरु के कस्ता गर्नु भयो ? बताइदिनुस् त ?
– हामी ंनिर्वाचित भइसके पछि प्रत्यक्ष अप्रत्यक्ष रुपमा जनताप्रति हामी उत्तरदायी बनेका बनि छौं । संविधानले धेरै जिम्मेवारी तोकिदिएको छ सोहि जिम्मेवारीलाई सहि र व्यवस्थान गर्नको लागि लागि र जनताले प्रत्यक्ष महसुस गर्नेगरी विकास निर्माणका कार्यमा लागिरहेका छौं । अत्यावश्यक कुराहरु जस्तै बाटोघाटो, बिजुली र सरसफाईलाई प्राथमिकताका साथमा अगाडि बढाउने र महिला, पिछडिएका वर्ग, आदिवासी जनजाती, दलित सबै वर्ग र तहका समुदायलाई नेतृत्व विकास, उद्धमशिलता जस्ता कुराहरुमा आत्मनिर्भर बनाउने कार्यमा गाउँपालिकाले र स्वयम् मैले यस तर्फ कार्य गरिरहेको छु ।

उपाध्यक्षको विशेष क्षेत्राधिकार न्याय सम्पादनलाई दिएको छ । केकस्ता समस्या लिएर आउछन ? न्याय सम्पादनको पाटो कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
न्याय सम्पादन अन्र्तगत झट्ट हेर्दा छिमेकी छिमेकीको जग्गा सिमाना, लेनदेनको, श्रीमान–श्रीमति बीचको असमझदारी विवाद लगायतका विषयमा अलि बढि उजुरीहरु आउने गर्छन् । त्यसलाई सकेसम्म स्थानीय गाउँसमाजमा निराकरण गर्ने भएन भने गाउँपालिकामा सर्वपक्षीय भेलाबाट मेलमिलाप गराउने र अझै जटिल केशहरु इ.ला.का. प्रहरी कार्यलय, वकिलको सल्लाहमा व्यवस्थापन गर्ने गरेका छौं । राजनीतिक आस्थाका आधारमा कसैलाई पनि भेदभाव गरेका छैनौं ।

जनताको काम गर्दा तपाई सन्तुष्टि हुनुहुन्न रे नि ?
भौगोलिक हिसावले यस गाउँपालिका पछाडि रहेको अवस्था छ, सबै स्थानमा सडक पुग्न सकेको छैन, धेरै दुख र पिडा बोकेर हिड्नु परेता पनि जनताको सेवा गर्न पाउँदा निकै खुसी छु । सनतुष्टि भन्ने कुरा आफुले लिने हो । आफु आमा भएको र आमाको भुमिका निवार्ह गर्नु पर्छ भन्ने उद्देश्य अनुरुप काम गरिरहेको छु । तर गाउँपालिकामा टिमको एकता नहुँदा भने नरमाइलो महसुुस भइरहेको छ । 

५ बर्षे कायकालमा कस्तो गाउँपालिका देख्न पाउछौँ ?
यस गाउँपालिकामा सबै भन्दा ठुलो समस्या लाजपुर्जा विहिनहरुलाई पुर्जा दिने व्यवस्थापनमा जुट्नु आवश्यक देखेका छाँै यस तर्फ पहिलो कदम हुनेछ, अत्यावश्यक कुराहरु जस्तै बाटोघाटो, बिजुली र सरसफाईलाई प्राथमिकताका साथ अगाडि बढाइरहेका छौँ । शिक्षा तर्फ गाउँपालिकामा विद्यार्थीको चाप हेरेर बहुमुखी क्याम्पस स्थापना गर्ने, यी सबै ५ वर्षे कार्यकालमा सबै पुरा गर्ने पयन्न गर्नेछौँ, जनातको इच्छा आकाँक्षा धेरैे छन् , सबै एकै पटक पुरा गर्नको लागि सम्भव नहुँदो रहेछ । विस्तारै काम गर्दै पाटिगत भन्दा पनि जनताको आमा बनेर काम गर्नेछु र उज्वल भविष्यका लागि एउटा आधार निर्माण गर्न सक्छौँ भन्ने आशा राखेका छौँ।

अन्तमा केहि भन्नु हुन्छ ?
तपाईंहरुसँग गरेका प्रतिवद्धताहरु हामी अबश्य पूरा गछौं । धैर्य गर्नुभएको छ, जसका लागि म आभार प्रकट गर्छु । २० वर्षपछि भएको निर्वाचनबाट यहाँहरुले धेरै अपेक्षा गर्नु, र छिटोछिटो काम होस् भन्ने चाहनु ठिकै हो । हामी प्रतिनिधी जनताकै लागि हो । तपाईंहरुसँग गरेका प्रतिवद्धता पुरा गर्नेछौं । हामी कटिबद्ध भएर लागिरहेका छौँ । हामीले गर्नुपर्ने काम कर्तव्य अधिकार भित्र रहेर पुर्वाधार निर्माण र जनताको समस्या समाधन गर्नेछौं । नीति, नियम, कानून, बजेट र समयावधिका आधारमा हाम्रा अपेक्षाहरु पनि पक्कै पूरा हुनेछन् । म प्रतिवद्ध छु ।

0 comments

Write Down Your Responses