Powered by Blogger.
गाउँमै बर्थिङ सेन्टर भए पछि महिला खुसी

मकवानपुर ÷ मकवानपुरको पुर्वी बागमती गाउँपालिकामा प्रसुती केन्द्र संचालनमा आए पछि महिलाहरु खुुसी भएका छन् । वडा नम्बर—४ स्थित पाँच पाण्डपमा बर्थिङ सेन्टर संचालनमा आएको हो ।
यसअघि बर्थिङ सेन्टर नहुदाँ त्यहाँका महिलालाई घरमा नै प्रसूति हुन बाध्यता रहेको थियो । घरमा नै परम्परागत रूपमा प्रसूति हुदाँ आमा र शिशुको ज्यान जोखिम बढी हुँदा महिलाहरू चिन्तित बन्दै आएका थिए । यस भेगका महिलाहरूलाई प्रसूति सेवाका लागि सदरमुकाममा जानुपर्ने बाध्यता रहेका थिए ।
बर्थिङ सेन्टर उद्घाटन गर्दै गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि प्रसूतिका लागि महिलाहरू बजार धाउनु नपर्ने भएको ४ नम्बर वडा अध्यक्ष रहर बहादुङ थिङले जानकारी दिए । 
बर्थिङ सेन्टरबाट प्रस्तुती सेवा प्रदान गर्न थालिएको भन्दै बर्थिङ सेन्टरमा सेवा लिए वापत पहिलो सेवा गृहणीलाई यातायात खर्च समेत प्रदान गरिएको थिङले जानकारी दिए । 
बर्थिङ सेन्टर व्यवस्थापन समितिका अध्यक्ष र वडा अध्यक्षले संयूक्त रुपमा उद्घाटन गरेका हुन् । पहिला गाउँपालिका भर २ स्थानमा मात्रै बर्थिङ सेन्टर संचालनमा थियो । हाल सबै वडामा संचालन गर्ने योजनामा रहेको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए । उनले थपे,“विस्तारै सबै वडामा बर्थिङ सेन्टरका साथै गाउँपालिकामा १५ शैयाको अस्पताल संचालन गर्ने योजना अघि सारेका छौँ ।” बर्थिङ सेन्टरमा एक जना अनमी र एक जना सिएमए तथा एक जना कार्यालय सहयोगी कार्यरत छन् । 

0 comments

Write Down Your Responses