Powered by Blogger.
यातायात क्षेत्र संवेदनशिलः मुख्यमन्त्री पौडेल

हेटौंडा, २२ फागुन /  ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्र व्यबस्थित हुनुपर्ने बताउनु भएको छ । बुधबार प्रदेशको भौतिक पुर्वाधार बिकाश मन्त्रालयको आयोजनामा भएको यातायात सेवाको नाम पञ्जिकृत गर्ने सम्बन्धी भएको छलफल कार्यक्रममा बोल्दै उहाँले यातायात क्षेत्र संबेदनशिल भएकोले यसबारे सबै गम्भीर हुन जरुरी रहेको स्पष्ट पार्नु भयो ।

मुख्यमन्त्री पौडेलले व्यबसायीहरुका लागि प्रदेश सरकारबाट गर्न सक्ने सबै सहयोग गर्न तयार रहेको बताउनुभयो । सरकारले गरेका निर्णयहरुमा सबैले सहयोग गर्नुपर्ने पनि उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलले कार्यदल बनाएर यातायात क्षेत्रको काम गर्ने उहाँले जानकारी दिनुभयो । व्यवसायीहरुले धेरै कुरा राखेको भन्दै अव छिटै नै कार्यदलमार्फत निष्कर्षमा पुगिने पनि बताउनुभयो । सरकार तथा व्यवसायी दुबैलाई हित हुने काम गर्ने पनि उहाँको भनाई थियो । 

सरकार पनि अहिले नयाँ नै भएकोले त्यति धेरै काम गर्न सक्ने अवस्था भने नरहेको बताउनुभयो । यद्यपी प्रदेश सरकारबाट हुने सहयोग गर्ने यहाँबाट नहुने केन्द्र सरकासंग लविङ गर्ने उहाँले जानकारी दिनुभयो । यातायात क्षेत्र व्यवस्थित बनाउन सरकारले काम गरिरहेको तयारी स्वरुप छलफलको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘ यस क्षेत्रलाई व्यवस्थीत बनाउनुपर्छ । छिटो भन्दा छिटो सुव्यबस्थित बनाउन चाहन्छौं ।’ यातायात भन्ने वित्तिकै व्यापक भ्रष्टाचार हुन्छ भन्ने मान्यतालाई हटाउनु जरुरी रहेको उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलले व्यवसायीबाट आएका सुझाबलाई संवेदनशिल भएर सम्बोधन गर्न प्रयास गर्ने बताउनुभयो । 

यस्तै कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्रि शालिकराम जम्कट्टेलले कम्पनीमा दर्ता भएर यातायात मजदुर तथा कर्मचारीका लागि सामाजिक सुरक्षा कार्यक्रममा सहभागि गराउन आग्रह गर्नुभयो । उहाँले मालबहाक सवारीमा सिण्डिकेट नभएपनि यात्रुबाहक बसहरुमा अझै पनि बढी सिण्डीेकेट जारी भएको बताउनुभयो । 

0 comments

Write Down Your Responses