Powered by Blogger.
अशोक दर्जि, टंक र एआर बुढाथोकीले तताए औद्योगिक ब्यापार मेला

हेटौंडा / हेटौँडामा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलामा  अशोक दर्जि, ए. आर बुढाथोकी र टंक बुढाथोकीले महोत्सवको माहोल तताएका छन् । आज बाल गायक अशोक दर्जि, टंक बुढायोकी र ए आर बुढाथोकीले  महोत्सव तताएका छन् ।

पछिल्लो समयमा युवट्युवबाट भाइरल भएका गायक अशोक दर्जि, गायक तथा संगीतकार टंक बुढाथोकी र एआर बुढाथोकीले आफ्नो सांगीतिक बेजोड प्रस्तुती दिएका हुन् । मन बिनाको धन ठुलो कि धन बिनाको मन गीत गाउँदा  दर्शकहरु संगसंगै गाउँदै नाचेका थिए ।  कसरी कसरी भन्दै एआर बुढाथोकीले गाएका थिए ।  एआरले आमा भन्दा राम्री कोही छैन संसारमा, दुई दुना चार, रेलिमाई,काली तिम्रो नजरले जस्ता गीतहरु प्रस्तुत गरेका थिए । टंकले आफ्नो एल्बमका र चलचित्रका गीतहरु प्रस्तुत गरेका थिए ।


अशोकलाई मोवाइलमा कैद गर्न हजारौंले मोवाइलले भिडियो खिचेका थिए । बाल गायक अशोक दर्जी संग फोटो खिच्न नपाइएकोले सयौं बालबालिका तथा युवा युवतीहरु रोएका थिए ।

एक करोड रुपैयाँ बराबरको कारोबार
हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा पाँचौं दिनसम्मको करिब एक करोड रुपैयाँ बराबरको कारोबार भएको संघका कोषाध्यक्ष तथा मेलाका आर्थिक संयोजक अनिल अग्रवालले बताएका छन् । मेलामा करिब १७ हजार दर्शकले अवलोकन गरेको संघका महासचिव प्रमोद सिंह रानाभाटले बताए । त्यस्तै आज भएको निःशुल्क दन्त शिविरमा ५९ जनाले दाँतको सेवा लिएको बताइएको छ ।
मेलामा फागुन २४ गते कृष्ण काफ्ले, मिलन लामा, प्रिती आले लगायतका कलाकार आउने आयोजकले जनाएको छ । त्यसैगरी पुरानो मेडिकल कलेजबाट स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको टोलीबाट परीक्षण हुने संघका उपाध्यक्ष तथा स्वास्थ्य समितिका संयोजक कृष्ण कुमार अग्रवालले जानकारी दिएका छन् । मेलामा आज हेलिकप्टरमा १५ फ्लाइट सिटी टुर गरेको हेलिकप्टर संयोजक माधव ज्ञवालीले बताए ।

0 comments

Write Down Your Responses