हेटौँडा आईडल : सुशाल थोकरले र्दशक सामु यसरी मागे भोट
मकवानपुर / मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापारमा मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ को टप १५ मा थाहा नगरका सुशाल तामाङ पर्न सफल भएका छन् । हेटौँडा आईडलको प्रि–अडिसन, मेगा अडिसन र बुधबारको स्टेज प्रस्तुतिलाई पार गर्दै उनी टप १५ मा पर्न सफल भएका हुन्।

थाहा नगरपालिका १ नम्बरको टाखेलमा जन्मनु भएका तामाङले सदाबाहार गीत सँगै लोक, आधुनिक चलचित्र र पप गीत गाएर जर्जको मन जित्न सफल भएका छन्् । प्राय सबै प्याटनका गीतहरु गाउन सक्षम रहेका तामाङले थाहा आईडलमा तृतिय स्थान हुन सफल भएका थिए भने विभिन्न कार्यक्रमहरुमा धेरै पुरस्कारहरु हात पारिसकेका छन् ।
सानै देखि गीत संगीतमा रुचि राख्ने उनी संगीत क्षेत्रमै आफ्नो करियर बनाउने सोचमा छन् ।
माता कान्छि तामाङ र पिता गगन तामाङको कान्छो छोरोको रुपमा जन्म भएका उनले संगीत यात्रा भने आफ्नो वुवाबाट सिकेको बताए ।
नेपाल कै चर्चित संगीतकार जस्ले बाँचुन्जेलीलाई.... पहाडको छुकुछुके रेल...जस्ता संगीत भरिसकेका हेटौडा आईडल जर्ज शिखर सन्तोषले आफ्नै संगीतमा स्वार भर्नको लागि दिने बाचा समेत गरेका छन् । उनी हाल काठमाण्डौमा संगीत सिकिरहेका छन् ।
0 comments
Write Down Your Responses