Powered by Blogger.
मेलामा म्याद नागेका सामान बेच्दै, २ वटा स्टल बन्द


मकवानपुर / हेटौडामा जारी राष्ट्रिय औद्योगिक मेलामा म्याद नागेको वस्तुहरु भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर र उपभोक्त मञ्च मकवानपुरले आज गरेको अनुगमनमा यस्तो भेटिएको हो ।
मावन स्वस्थ्यमा प्रतिकुल असर पर्ने खालका खाद्य पदार्थ विक्रि वितरण गरिरहेको अवस्था फेला पारे पछि अनुगमन टोलिले २ वटा स्टल बन्द गरेको छ ।
मेलामा म्याद गुज्रिएको पिय पदार्थ,चाउमिन लगायत जफत गरेको थियो भने होटोल तथा मेला राखिएको अखाद्य वस्तु नष्ट समेत गरेको थियो । 
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका प्रमुख सोमकान्त रिजालको नेतृत्वमा अनुगमन भएको थियो ।

0 comments

Write Down Your Responses