Powered by Blogger.
पहिलो पटक हेटौडामा “मायाको हाटबजार”

हेटौँडा,२६, फागुन ।  त्यसो त हेटौँडामा अहिले राष्ट्रिय ब्यापार मेलाको निकै ठुलो बजार लागेको छ । तर मकवानपुरे कलाकर्मी, चलचित्रका निर्मता राजेन्द्र गौतमले संभवत नेपालकै सबैभन्दा धेरै कलाकार प्रयोग गर्दै “मायाको हाटबजार” समेत लगाएका छन् ।
उनको “मायाको हाटबजार” भने किनबेच गर्ने भने हैन । गौतमले आफ्नो गित “मायाको हाटबजार” को छायाङ्कन गर्दा हाटबजारनै लगाए । नेपालकै सबैभन्दा धेरै कलाकार प्रयोग गरिएर छायाङ्कन गरिएको गित “मायाको हाटबजार” अबँ चाँडै बजारमा आउँदै छ ।
गितलाई १२ लाख रुपैँया लागत लगाएर छायाङ्न गरिएको गौतमले बताए । गितको लागि हेलिकप्टरको समेत प्रयोग गरिएको छ ।  शब्द तथा गायन गौतमकै रहेको गितमा राम विडारीको संगित रहेको छ भने म्युजिक भिडियोमा आशिस÷अनुप मानन्धरको कोरियोग्राफी हेर्न पाईन्छ ।
गितमा सुरज योञ्जन र मोनिका लामिछानेको मुख्य अभिनय रहेको छ  भने यसलाई गौतम तथा शितल शर्माले निर्माण गरेका हुन् । गितको ब्यवस्थापन कृष्णकली राजथलाले गरेकी छिन् भने विनोद भट्राईले भिडियो खिचेका हुन् ।
गितको विषयमा जानकारी दिँदै गायक तथा निर्मता गौतमले आफुले हेटौँडाबाट पहिलो पटक सबैभन्दा धेरै कोरसको प्रयोग गरि गित निर्माण गरेको बताए । गित अबको केहि समयमानै युटुव मार्फत सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए ।
नेपालमा म्युजिक भिडियो निर्माणमा धेरै परिश्रम नगर्ने गरेको सन्र्दभमा आफुहरुले निकै मेहनत तथा श्रोत र साधनको भरपुर प्रयोग गरेर गितको तयारी पुरा गरेको बताए ।

0 comments

Write Down Your Responses