Powered by Blogger.
वडा अध्यक्ष बानियाँले गरे आश्रमलाई लुगाधुने मेसिन सहयोग

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष राजेश बानियाँले वृद्धाश्रमलाई सहयोग गरेका छन् ।

हेटौंडा–२, चौकीटोलमा रहेको ओम बृद्धाश्रमलाई बानियाँले करिब ५० हजार रुपियाँ बराबरको लुगाधुने मेसिन सहयोग गरेका हुन् । मकवानपुर उद्योग बाणिज्य संघको आयोजनमा हेटौंडामा सम्पन्न राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उपहार कार्यक्रमअन्तर्गत् आफूलाई प्राप्त भएको लुगाधुने मेसिन आश्रमलाई सहयोग गरेका हुन् ।
‘हेटौंडाका विभिन्न आश्रमको तुलनामा ओम बृद्धाश्रममा तुलनात्मकरुपमा सहयोग कम भएको पाइयो । 

त्यसकारण मैले सहयोग उपलब्ध गराएका हुँ । अन्य आश्रममा भन्दा बढी बृद्धबृद्धा रहेको आश्रमलाई राज्यको तर्फबाट खासै सहयोग भएको रहेनछ त्यसकारण सानो सहयोग उपलब्ध गराएको हुँ ।’, बानियाँले भने । बानियाँले यसअघि पनि उक्त आश्रमका लागि आवश्यक सिमेन्ट सहयोग उपलब्ध गराएका थिए ।

वडा अध्यक्ष बानियाँले आफ्नो वडामा आर्थिक अवस्था न्यून भएकाहरुको स्वास्थ्य वीमा गराएर देशभर चर्चा बटुलेका थिए । ‘मैले प्राप्त गरेको सेवासुविधा समेत मैले वडाको मात्र नभएर जिल्लाको विकासमा खर्च गरिरहेको छु ।’, बानियाँले भने ।
सहयोग हस्तान्तरण कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, वडा नम्बर–१४ का अध्यक्ष दीपक खड्का, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ट तथा ओम बृद्धाश्रम अध्यक्ष बुद्धिप्रसाद पौडेललगायत सहभागी थिए । आश्रममा २८ जना बृद्धबृद्धा आश्रित छन् ।

0 comments

Write Down Your Responses