Powered by Blogger.
हेटौडा आईडल अपडेट : कालिराज भए गुड सिंगर अफ द डे

Image may contain: 1 person, smiling, plant and outdoorहेटौडा , मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगितामा कैलाश गाउँपालिकाको दिपक कालिराज सिंगर अफ द डे घोषित भएका छन् ।
आज सातौँ दिन रेसम फिरिरि..... वोलको गीत गाएका कालिराजले र्दशक र जर्जलाई भरपुुर मनोरञ्जन प्रदान गरेका थिए । शुक्रबार दिएको प्रस्तुतीमा कालिराजले सिंगर अफ द डे घोषित भएसंगै उपहार समेत प्राप्त गरेका छन् ।
गाउनको लागि धेरै गाह्रो गीत भएता पनि सहजै निभाउन सफल भएको भन्दै जर्जहरुले  सिंगर अफ द डे घोषित गरेका बताएका छन् । कालिराज सिंगर अफ द डे घोषित भए संगै उत्कृष्ट १२ मा छनौट भएका छन् ।

 उनले भने,“ भोटिङ राउण्ड शुरु भएको छ, कृपय मेरो आवजलाई मन परेमा, गेटमा लिइएको टिकटको अर्धकट्टीमा मेरो कोड नम्बर १२ लेखि भोट पेटिमा खसालिदिनुस् ल ! ”

वि.सं. २०५६ साल भदौँ २ गते मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ गोगनेमा माता देवकी कालिराज र पिता कृष्ण कालिराजका कान्छा छोरा भई जन्मिएका कालिराज सानैदेखि गीतसँगीतमा रुचि राख्छन् ।
 उनले विशेष रुपमा भने वि.सं.२०७० सालदेखि गायन क्षेत्रमा लाग्ने सोच बनाएका हुन् ।

मकवानपुरको उत्तरी क्षेत्रमा हुने विभिन्न गायन प्रतियोगितामा भाग लिँदै आएका उनले उत्तरी क्षेत्रमै रहेको थाहा कलाकेन्द्र द्वारा आयोजित ‘मकवानपुर आईडल’ गायन प्रतियोगितामा दोस्रो स्थान समेत हासिल गरेका थिए । प्रि–अडिसन देखि नै जर्जहरुको मन जितेका कालिराजले आधुनिक,पप,फिल्मी लगायत गीतहरु गाउदै आएका छन् ।

0 comments

Write Down Your Responses