Powered by Blogger.
प्रविधिमैत्री शिक्षक समाज प्रदेश नंबर ३ को संयोजकमा तिमल्सीना

हेटौँडा,२५ फागुन । प्रविधिमैत्री शिक्षक समाज प्रदेश नंबर ३ को संयोजकमा मकवानपुरका जीवन तिमल्सिना चयन भएका छन् । आज हेटौँडामा भएको पहिलो अधिवेशनले तिमल्सीनाको संयोजकत्वमा प्रदेश कमिटि निर्माण गरेको हो ।

समितिको उपाध्यक्षमा उपमा लामा, सचिवमा वासु अधिकारी, कोषाध्यक्ष राजन थापामगर, सहसचिवमा बलराम सिवाकोटी चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै प्रदेश नंबर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले शिक्षामा प्रविधिलाई नजोडेसम्म आधुनिक शिक्षा संभव नहुने बताए । प्रदेश नंबर ३ लाई पनि प्रविधिमैत्री समाज बनाउनको लागि प्रदेश सरकार लागेको उनले बताए ।

0 comments

Write Down Your Responses