Powered by Blogger.
हाँस्यकलाकार शिवहरि र राता मकैले हसाँए,दासले नचाए

मकवानपुर / मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज गायक प्रताप दासले आफ्नो साङ्गेतिक प्रस्तुती दिएका छन्, । उनले मोटर साइकलमा....., मलाई माफ गरिदेउ.....जस्ता आधा दर्जन गीत प्रस्तुत गरेका थिए । नेपाल आइडलमा सहभागी भए पश्चात  लाखौं युवायुवतीको मनमुटुमा बस्न सफल भएका थिए । 

उनी संगै हाँस्यकलाकार शिवहरि पौडेल(मुखा हानु जस्तो) किरण केसी (राता मकै )ले आफ्नो प्रहसन प्रस्तुत गरेर दर्शकलाई हसाँएका थिए । देशको वर्तमान राजनितिक परिस्थितीलाई चोटिलो व्यङ्ग प्रस्तुत गरेका थिए । कलाकार जादुगर बलराम सरकारले आफ्नो जादु मेलामा देखाएका थिए । 

भोली २२ गते गायक सुगम पोखरेल, कमल क्षेत्रीले आफ्नो साङ्गेतिक प्रस्तुत गर्ने संघका उपाध्यक्ष तथा मनोरञ्रन समितिका संयोजक गणेश भेटुवालले बताए । आज भरतपुरको पुरानो मेडिकल कलेजबाट आएका मुटु रोग विशेषज्ञहरु डा। प्रकाश पाण्डे, डा। युवराज पौडेल, डा।टिकाराम पोखरेल,डा।मधु पट्टेल, डा।तेज बहादुर केसीबाट निशुल्क परिक्षण भएको थियो । 

दुई सय जनाको परिक्षण भएको र एक सय जनाले इसिजी गरिएको थियो । परिक्षण मध्ये १५ जनाले छिट्टै नै उपचार गर्नुपर्ने मेडिकल कलेजका मार्केटिङ म्यानेजर दुर्गा प्रसाद न्यौपानेले बताए । भोली नाक,कान, घाँटीका डा। विकास पाण्डेको टोलीले परिक्षण गरिने संघका उपाध्यक्ष तथा स्वास्थ्य समितिका संयोजक कृष्ण कुमार गुप्ताले बताए ।

 मेलाको स्टल नम्बर ३७ र ३८ मा परिक्षण हुने बताए । मेलामा हेलिकप्टर सयर घोडाचढी, ढुङ्गा सयर, हेटौंडा आइडल, र स्थानिय कलाकारको प्रस्तुती भइरहने संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले बताए ।

0 comments

Write Down Your Responses