Powered by Blogger.
हेटौडा आईडल अपडेट : वेष्ट सिङगर अफ द डे सुसाल तामाङ,उनलाई यसरी भोट गरौँ

हेटौडा ,/ मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगितामा पालुङका सुशाल तामाङ शनिबार सिंगर अफ द डे घोषित भएका छन् ।
उनले आज बोन ट्राभल्सको तर्फबाट काठमाडौं पोखरा आउने जाने टिकटको व्यवस्था, आई ए वि ए ट्रेडर्सको तर्फबाट, दाजुभाई फास्ट फुड र एलएन फ्रेस जुसको तर्फबाट आर्कषण पुरस्कार प्राप्त गरेका छन् ।
आज शनिबार मेरो नेपाल बोलको गीत गाएका तामाङले र्दशक र जर्जलाई भरपुुर मनोरञ्जन प्रदान गरेका थिए । 
थाहा नगरपालिका १ नम्बरको टाखेलमा जन्मनु भएका तामाङले सदाबाहार गीत सँगै लोक, आधुनिक चलचित्र र पप गीत गाएर जर्जको मन जित्न सफल भएका छन् ।  प्राय सबै प्याटनका गीतहरु गाउन सक्षम रहेका तामाङले थाहा आईडलमा तृतिय स्थान हुन सफल भएका थिए भने विभिन्न कार्यक्रमह?मा धेरै पुरस्कारहरु हात पारिसकेका छन् । 

सानै देखि गीत संगीतमा रुचि राख्ने उनी संगीत क्षेत्रमै आफ्नो करियर बनाउने सोचमा छन् । 
माता कान्छि तामाङ र पिता गगन तामाङको कान्छो छोरोको रुपमा जन्म भएका उनले संगीत यात्रा भने आफ्नो वुवाबाट सिकेको बताए । 
नेपाल कै चर्चित संगीतकार जस्ले बाँचुन्जेलीलाई.... पहाडको छुकुछुके रेल...जस्ता संगीत भरिसकेका हेटौडा आईडल जर्ज शिखर सन्तोषले आफ्नै संगीतमा स्वार भर्नको लागि दिने बाचा समेत गरिसेका छन् । उनी हाल काठमाण्डौमा संगीत सिकिरहेका छन् ।

उनलाई यसरी भोट गरौँ

मेला हेर्न जाने आदरणीय दर्शक तथा आफन्तहरुले गेटमा लिइएको टिकटको अर्धकट्टीमा मेरो कोड नम्बर ११ लेखेर भोटिङ बक्समा खसालेर मलाई भोट गरिदिनुहुन अनुरोध गर्छु,’


आज कविर गौतम कोड नम्बर ५ र रामकुमार गोले कोड नम्बर १३
हेटौंडा आइडलबाट बाहिरेका छिन्, ।
हेटौंडा आइडलको टप टेनमा पर्न सफल प्रतिस्पर्थीहरु
नामावली र भोट नम्बर
आशुतोश पोखरेल १
विनायक विडारी २
सुविन विश्वकर्मा ४
सुसन शाह ठकुरी ७
प्रेम बैठा ९
विजय लामा १०
सुसाल तामाङ ११
दीपक कालिराज १२
भुवन घलान १४
पारु महरा १५

0 comments

Write Down Your Responses