Powered by Blogger.
अन्तराष्ट्रिय महिला दिवसमा हेटौंडामा प्रभातफेरी

मकवानपुर / १ सय ९ औँ अन्तराष्ट्रिय महिला दिवसको अबसरमा आज शुक्रबार तीन नंम्बर प्रदेशको सामाजिक विकाश मन्त्रालयले हेटौंडामा प्रभातफेरी गरेको छ ।
३ नंम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, सामाजिक बिकाश मन्त्रि युवराज दुलाल सहितको नेतृत्वमा हेटौंडामा ¥याली निकाmिएको हो । हेटौंडाको सिमाचोकबाट निकालिएको ¥यालीले बुद्धचोक, राप्तीरोड, जिल्ला प्रहरी कार्यालय, बाईपास रोड, बसपार्क हुँदै सामाजिक बिकाश मन्त्रालयमा गएर समापन गरिएको थियो ।
 प्रहरीको ब्याण्डबाजा सहित सुरु भएको ¥यालीमा तीन नंमबर प्रदेशका सांसद मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, तीन नंम्बर प्रदेश प्रहरी कार्यालयका डिआईजी दिपक बहादुर थापा, अखिल नेपाल महिला संघकी केन्द्रीय सचिब बिष्णु ओझा लगायत बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

0 comments

Write Down Your Responses