Powered by Blogger.
दिपक कालिराज हेटौँडा आईडलको टप १५ मा , सक्दो भोट गरौँ

मकवानपुर / मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापारमा मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ का टप १५ मा दिपक कालिराज पर्न सफल भएका छन् । टप १५ परे संगै भोटिङ राउण्ड शुरु भएको छ । उनले आज मलाई जस्ले पनि किन रुवाउछ..... बोलको गीत गाए पश्चात.....सबै र्दशक सामु भोट गरिदिन अफिल गरेका छन् ।

 उनले भने,“टप १५ देखि भोटिङ राउण्ड शुरु भएको छ, कृपय मेरो आवजलाई मन परेमा, गेटमा लिइएको टिकटको अर्धकट्टीमा मेरो कोड नम्बर १२ लेखि भोट पेटिमा खसालिदिनुस् ल ! ”
हाल पेशाले सुनचाँदी पसलमा कार्यरत कालिराजले सुनका गहना मात्र बनाएका छैनन्,उनले गायन क्षेत्रमा लागेर विभिन्न प्रतियोगीताहरुमा समेत विजयी हुँदै साँगितिक भविष्यको बलियो जग पनि बनाउँदै छन् ।

हेटौँडा आईडलको प्रि–अडिसन र मेगा अडिसनबाट छनौट हुँदै उनले आईतबारको पहिलो स्टेज शोमा प्रमोद खरेलको ‘ओए झुमा’ बोलको गीत गाएर दर्शक र आईडलका निर्णायकहरुका ध्यान आफुतिर ताने ।
 राम्रो स्वर भएका कारण उनको भविष्य राम्रो भएको पनि निर्णायकहरुले कमेन्ट दिए । टाईमिङमा थोरै सुधार गरे राम्रो हुने पनि निर्णायकहरुले उनलाई सुझाव दिए । सबैले आवाज मिठो छ भन्ने कमेन्ट दिने गरेको बताउँदै उनले अवसर पाए साँगितिक क्षेत्रमा केहि गरेर देखाउने सोच भएको बताए ।
Image may contain: 1 person, smiling, plant and outdoor
वि.सं. २०५६ साल भदौँ २ गते मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ गोगनेमा माता देवकी कालिराज र पिता कृष्ण कालिराजका कान्छा छोरा भई जन्मिएका कालिराज सानैदेखि गीतसँगीतमा रुचि राख्छन् ।
 एस.एल.सी. सम्मका अध्ययन पुरा गरेका उनले विशेष रुपमा भने वि.सं. २०७० सालदेखि गायन क्षेत्रमा लाग्ने सोच बनाएका हुन् । 

मकवानपुरको उत्तरी क्षेत्रमा हुने विभिन्न गायन प्रतियोगितामा भाग लिँदै आएका उनले उत्तरी क्षेत्रमै रहेको थाहा कलाकेन्द्र द्वारा आयोजित ‘मकवानपुर आईडल’ गायन प्रतियोगितामा दोस्रो स्थान समेत हासिल गरेका थिए । प्रि–अडिसन देखि नै जर्जहरुको मन जितेका कालिराजले आधुनिक,पप,फिल्मी लगायत गीतहरु गाउदै आएका छन् ।
हेर्नुहोस् उनको प्रस्तुति–

0 comments

Write Down Your Responses