Powered by Blogger.
थाहा कला केन्द्रले नयाँ वर्षमा नयाँ अभियान घोषणा गर्ने


पालुङ । थाहा कला केन्द्र मकवानपुरले आउँदो नयाँ वर्षको अवसर पारेर बैशाख १ गते नयाँ वर्षकै दिन नयाँ अभियान घोषणा कार्यक्रम गर्ने भएको छ । थाहा कलाकेन्द्रको अफिसियल फेसबुक पेज मार्फत उक्त कार्यक्रमको घोषणा गरेको हो । 

सामाजिक सञ्जाल फेसबुक पेजमा नयाँ वर्ष २०७६ सालको पावन अवसरमा यहि वैशाख १ गते यस थाहा कलाकेन्द्रको आगामी नयाँ योजना सहितको नयाँ अभियानको घोषणा कार्यक्रम तथा हाल सञ्चालित ईसरोकार टिभिको उत्सव समारोह विषेश कार्यक्रमको साथमा हुने भएकोले समस्त थाहा कलाकेन्द्रका सदस्य तथा सम्पूर्ण सरोकारवालाहरुलाई उक्त कार्यक्रममा सरिक भैदिनुहुन विनम्र अनुरोध छ भनेर लेखिएको सुचनामा शिखरकोट स्थित थाहा कलाकेन्द्रको आफ्नै कार्यालयमा उपस्थितिको लागि आह्वान गरेको छ ।

कार्यक्रममा हाल थाहा नगरपालिकामा केन्द्रित रहेर विविध कार्यक्रम प्रसारण गर्दै आएको युटुभ च्यानल ईसरोकार टिभिले थोरै समयमै पनि अत्यन्तै लोकप्रियता जमाउँदै १० हजार भन्दा बढि सब्स्क्राईब सदस्य पाएकोमा विषेश खुसी साँटासाँट कार्यक्रम सहित विषेश सामारोहको बीचमा केक काटेर भावि निति तथा योजना तय गरिने थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले दामन पोष्टलाई जानकारी दिएका छन् ।

 २०७२ साल जेष्ठ ९ गते औपचारिक घोषणा गरि स्थापना गरिएको थाहा कला केन्द्र विगत देखि वर्तमानसम्म फरक फरक अभियानको रुपमा प्रस्तुत हुँदै आईरहेको छ । थाहा कला केन्द्रले आयोजना गरेको मकवानपुर जिल्लामै पहिलो पटक अडिसनहरु सहितको जिल्ला स्तरीय एकल गायन प्रतियोगिता मकवानपुर आईडल कला केन्द्रको चिनारी बनेको थियो । 

त्यस लगत्तै थाहा केन्द्रले, कला संस्कृति देशको पहिचान यसको संरक्षण हाम्रो अभियान भन्ने आफ्नो मूल नारालाइ आत्मसाथ गर्दै कला र संस्कृति जगतमा अत्यधिक क्रियाशिलता जगाउँदै यसै माध्यमबाट समाजमा विद्यमान समस्या आत्महत्या, बालबिवाह, सामाजिक विकृति विसंगति लगायतका समस्याहरु न्युनिकरण प्रयास स्वरुप उत्तरी मकवानपुर मै पहिलो पटक नेपाली कथानक चलचित्र परिवर्तित मनको संवाहक कल्चर नामक चलचित्र निर्माण गर्न समेत सफल भईसकेको छ । 

आफ्नो सम्पूर्ण सदस्यहरुलाई निशुल्क रुपमा कलाकारिताका कक्षाहरु सञ्चालन गर्दै आईरहेको थाहा कला केन्द्रले हालससम्म उक्त चलचित्र मकवानपुर जिल्लाको विभिन्न १३ स्थानमा १७ औ पटक च्यारिटि शो समेत गरिसकेको छ । विभिन्न नयाँ समाजिक अभियानहरु सञ्चालन गर्दै आईरहेको कला केन्द्रले आगामी अभियान भने खुलाएको छैन  । आगामि अभियान वैशाख १ गतेकै समारोहमा घोषणा गरिने कला केन्द्रको सञ्चार संयोजक कौशिला वाईवाले जानकारी दिएका छन् । 

थाहा कला केन्द्र मकवानपुर जिल्लाकै स्थापित, व्यवस्थित अनि फरक ढंकको अभियान चाल्ने एक मात्रै कला केन्द्र हो जसको आफ्नै परिचय गीत समेत रहेको छ ।



0 comments

Write Down Your Responses