Powered by Blogger.
एयरपोर्ट ट्याक्सीको साधारणसभा सम्पन्न, यातायात क्षेत्रलाई व्यवस्थित गर्न माग


काठमाडौँ । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभा काठमाडौँको रोयल बैंक्वेटमा बिहिबार सम्पन्न भयो । 

सभाको उद्घाटन संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले गर्नुभएको छ । प्रमुख अतिथीका रुपमा कार्यक्रमको उद्घाटन गर्दै  सभापति बिडारीले यातायात व्यवसायीहरु कम्पनीमा जानैपर्ने र सिण्डीकेट हटाउ भन्दा व्यावसायीहरु डराउन नहुने बताउनुभयो ।

 उहाँले सिण्डीकेट हटाउन सबैले सहयोग गर्नुपर्ने तर सरकारले सम्पुर्ण यातायात क्षेत्रलाई व्यवस्थापन गर्न नसकेको धारणा राख्नुभयो ।



सांसद बिडारीले यातायात व्यवसायी र रोजगारदाता बीच समन्वयको अभाव देखिएको भन्दै सवारी चालक १० कक्षा पढेको हुनैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ सामान्य ट्राफिक नियम जान्नको लागी पनि सामान्य पढाइ हुनुपर्छ ।  

‘नेपाल भ्रमण वर्ष सफल पार्न विमानस्थलबाटै सहयोग गरौँ’

कार्यक्रममा नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाटै ठूलो सहयोग आवश्यक रहेको बताइएको छ । 


लिमिटेडको वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा नेपालमा आउने पर्यटकको पहिलो गन्तव्यस्थल विमानस्थल भएकाले विमानस्थलबाटै पर्यटकलाई राम्रो व्यवहार हुनुपर्ने बताइएको हो ।  

सभापति बिडारीले विमानस्थलमा सञ्चालित सवारी साधनले स्वदेशी तथा विदेशी पर्यटकलाई  भरपर्दो सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘विमानस्थलमा सञ्चालित सवारी साधनका चालक तथा सहचालकले विदेशी पाहुनालाई राम्रो सम्मान गर्नुपर्छ ।’



उहाँले नियम र कानूनमा बसेर आफ्नो व्यवसाय सञ्चालन गर्न सबै व्यवसायीलाई आग्रह समेत गर्नुभयो । “निजीसवारी साधनले यात्रु बोक्न पाइँदैन, निजी सवारी साधनले यात्रु बोके राज्यले कारबाही गर्नुपर्छ,”–उहाँले भन्नुभयो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले देशैभरीको यातायात क्षेत्रको सुधारका लागि महासङ्घले काम गरिरहेको बताउनुभयो । “यातायात क्षेत्रलाई चुस्त र दुरुस्त ढङ्गले सञ्चालन गर्न सरकारले अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्छ,”–उहाँले भन्नुभयो । 

प्रदेश नं ३ का सांसद जगत सिंखडाले यातायात क्षेत्रलाई व्यवस्थित नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पुरा हुन नसक्ने बताउनुभयो । विदेशी पर्यटकको पहिलो नजर विमानस्थलमा सञ्चालित यातायातमा पर्ने भएकाले त्यहाँका सवारी साधनलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो । 

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पर्यटकको नेपाल प्रवेशद्धारा विमानस्थल भएकाले पर्यटकलाई राम्रो व्यवहार, आचरण र सत्कार गर्नुपर्ने बताउनुभयो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नीजी सवारी साधनले कानुनविपरीत यात्रु बोकेर हिँड्दा सरकार मौन रहेको बताउनुभयो । “टुटल, पठाओ र नीजी कारहरुले कानुनविपरीत मान्छे बोक्दा सरकार किन मौन बस्छ,”–उहाँले प्रश्न गर्नुभयो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जयराज सापकोटाले विमानस्थलमा सञ्चालित सवारी साधनका चालकले अनिवार्य पोशाक लगाउनुपर्ने बताउनुभयो । 

व्यवस्था लिमिटेडका प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडाले स्वदेशी तथा विदेशी पर्यटकको सेवाका लागि स्थापना भएको व्यवस्था लिमिटेडलाई देशको नमूना यातायात क्षेत्रको रुपमा विकास गर्दै लगिएको बताउनुभयो । 

नेपालमा हवाई मार्ग हुँदै नेपाल आउने र विदेश जाने स्वदेशी तथा  विदेशी पर्यटकलाई यातायात सुविधा दिनका लागि विस २०६६ सालमा स्थापना भएको व्यवस्था लिमिटेडले हाल २०८ सवारी साधनबाट सेवा प्रदान गर्दे आइरहेको व्यवस्था लिमिटेडका अध्यक्ष बिजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।



विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिका अध्यक्ष विजयबहादुर स्वारको सभापतित्वमा भएको कार्यक्रमामा कार्यक्रममा मजदुर नेता तथा प्रदेशसभा सदस्य जगत सिंखडाले राज्यको निती निर्माण तहमा यातायात व्यावसायीलाई बेवास्ता गरिएको बताउनुभयो ।  

उहाँले सरकार समृद्धिको नाममा रेल र जलमार्ग भनेर फोस्रा गफमात्र गर्ने तर भएको यातायात क्षेत्रलाई व्यावस्थीत गर्न नसकेको आरोप लगाउनुभयो ।  

उहाँले स्वरोजगार मजदुरलाई सरकारले रोजिरोटीबाट विमुख गर्नु नहुने बताउनुभयो । बन्द सत्रले पुरानै कार्यसमितिलाई चयन गरेको छ । एरपोर्टमा चल्ने हरियो नंबर प्लेटका २ सय ट्याक्सी कम्पनीमा आवद्ध छन । 

कम्पनीको सेयर पुँजी १ करोड ४२ लाख १४ हजार रहेको र कम्पनीको जम्मा आम्दानी २ करोड ३३ लाख ३३ हजार ६ सय ६२ तथा खर्च २ करोड १५ लाख २९ हजार ३ सय ५४ रहेको छ । कम्पनीले गत आवमा ९ लाख २५ हजार ४ सय ४८ रुपैया नाफा गरेको कम्पनीका प्रवन्ध दिर्नेशक पुरुषोत्तम सिंखडाले बताए  । 

 बन्द सत्रले अध्यक्षमा पुन विजयबहादुर स्वार, प्रवन्ध निर्देशकमा पुरुषोत्तम सिंखडा, संचालकहरुमा प्रदेशसभा सदस्य राजेन्द्र गुरुङ र झलक(देवी) कार्कीलाई चयन गरेको छ।

0 comments

Write Down Your Responses