Powered by Blogger.
युवाको पहलमा साथ दिन भवानी ग्रुपको आग्रह


काठमाडौं । नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निमार्ण सामाग्रीमा भइरहेको व्यापक कार्टेलिङ हटाउन नसक्ने र नखोज्ने सरकारको विकास र सम्वृद्धिको नारा भाषणमा मात्रै सिमित हुने बताएका छन् ।

राजधानीमा शनिबार भवानी ग्रुपले आयोजना गरेको नववर्ष २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष सिंहले सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सिंहले निमार्ण व्यवसायी, पत्रकार तथा इन्जिनियरहरु मिलेर वास्तविकरुपमा देशको विकास गर्न सक्ने धारणा राखे । उनले नेपालको विकास र निमार्णको लागि सरकारले आर्थिक क्रान्तिको नारा दिएपनि सरकार स्वयमले त्यस्तो वातावरण तयार गर्न नसकेको बताए ।

अध्यक्ष सिंहले छड, सिमेन्ट,बालुवा, गिट्टिलगायत सबै सामाग्रीमा व्यापक मात्रामा कार्टे्लिङ भएकाले उपभोक्ताले नव निमार्णमा हात नै हाल्न नसक्ने अवस्था सिर्जना भएको बताए ।

त्यसैगरी नेपाल इन्जिनियर एशोशियसनका महासचिव छविराज पोखरेलले नेपाल सरकारले इन्जिनियर उत्पादन गर्नको लागि ठूलो लागानी लगाउने तर त्यसको सदुपयोगको लागि वातावरण निमार्ण गर्न नसकेको धारणा व्यक्त गरे ।

 पोखरेलले आफुसँगै पास गरेका ५० जनामध्ये आफु र अर्को एक जना गरि २ जनामात्रै स्वदेशको निर्माणा रहेको बताउँदै भने, “हाम्रो प्राविधिक क्षमतालाई युरोप, अमेरिका होइन स्वदेशको लागि हुनुपर्छ, तर जताततै निराशै निराशा छ, सरकार भाषण मात्रै गर्छ ।”



महासचिव पोखरेलले वर्तमान सरकारले राजनीतिक क्रान्ति सकिएको र अब आर्थिक क्रान्तिको पालो भने पनि अस्तव्यस्ततालाई छिचोल्न नसकेको र त्यसको मुल कारण भ्रष्टाचार रहेको धारण व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसीले पत्रकार र निर्माण व्यवसायीबीचमा न्युज कन्टेन्टको विषयमा अलि बढी विवाद हुने गरेको बताउँदै अब दुवै पक्ष हातेमालो गरेर जानु पर्ने धारणा राखे । 

त्यसैगरी नेपाल पत्रकार महासंघका काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले प्रेस स्वतन्त्रतालाई अङ्कुस लगाउन नहुने भन्दै प्रेस जगत पनि विकास समृद्धिको महायात्रामा सामेल भएर राष्ट्रको नयाँ इतिहास कोर्नुपर्ने बताए । 

कार्यक्रमका सभापति तथा भवानी ग्रुपका कार्यकारी निर्देशक भवानी ओझाले नेपाली युवाहरुले आ–आफ्नो ठाउँबाट देश निमार्ण गर्ने कार्यमा अघि बढ्नु पर्ने धारणा राखे । उनले आफुहरुको पहलमा साथ दिन अनुरोध समेत गरे ।



सो कार्यक्रमा रेडियो मिर्मिरेका प्रबन्ध निर्देशक खम्बु चन्द, इमान्दार मिडिया प्रालिका अध्यक्ष कमल बुढा तथा दक्षिण एसियाकै पहिलो टेम्पु चालक लक्ष्मि शर्मा लागायतलाई अतिथिलाई आयोजकले मायाको चिनोले सम्मान गरेका थिए ।

कार्यक्रममा सेवाग्राहीहरुले भवानी ग्रुपले गुणस्तरीय सेवा प्रदान गरेको दावी गरेका थिए । उक्त ग्रुपले नयाँ वर्षको अवसरमा आफ्ना सेवाहरुमा छुटका प्याकेज समेत अघि सारेको छ ।



0 comments

Write Down Your Responses