Powered by Blogger.
साहित्यकार तथा साहित्यिक पत्रकार रिजाल सम्मानित



बारा । नेपाल भोजपुरी बौद्धिक मञ्च केन्द्रीय समितिले बाराको महागढीमाइ नगरपालिका २ वरियारपुरमा साहित्यकार तथा साहित्यिक पत्रकार नवराज रिजाललाई सम्मान गरेको छ ।

भारत र नेपालका भोजपुरी कविहरुको विशेष उपस्थिति रहेको सो कार्यक्रममा गोपाल ठाकुर, रामप्रसाद साह, अफिक अन्सारी, शम्भु कुशवाह लगायत तीन दर्जन कविहरुले भोजपुरी कविता वाचन गरेका थिए ।

सो कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष जगदीशप्रसाद पंकजले लेख्नुभएको कवितासंग्रह ‘छितराइल घुँगुरु’ को साहित्यकार रिजाल र गढीमाइ नगरपालिकाका प्रमुख उपेन्द्र यादवले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै रिजालले नेपाल बहुभाषिक मुलुक भएकाले विभिन्न भाषा, साहित्य, संस्कृति, कलाको संरक्षण र सम्बद्र्धन गर्नु राज्यको दायित्व भएको अवगत गराउँदै नगरलाई पनि यस्ता कार्यमा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।



0 comments

Write Down Your Responses