सामाखुसी तामाङ परिवार कोषमा बम्जनको नेतृत्वमा नयाँ कार्यसमिति
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEil4viHQ2qPme-IsWKAv67bekFedWK7s5W5SjjDtZaIsnkfoDj1zrl2AzP0HkHR6wM8bOu7KtzLqXMxqAwC2QNU69GInuzvghZeaulY-y2mWPyvHjNBEqTMRedrVeB_lCEz8ERcHV-ED1w/s640/samakhusi+tamang.jpg)
काठमाडौं । सामाखुसी तामाङ परिवार कोषको २४ औं साधारण सभाले रामभक्त बम्जनको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिवार सम्पन्न साधारण सभाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।
साधारणसभाको पुर्व पर्यटन तथा संस्कृति राज्य मन्त्री पर्शुराम तामाङले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रीय सचिव रामचन्द्र बल, पुर्व अध्यक्ष जित लामा पाख्रिन लगायतले शुभकामना दिएका थिए ।
बम्जनको अध्यक्षतामा गठित कार्यसमितिको सहअध्यक्ष राम बहादुर थिङ, उपाध्यक्ष (महिला) शान्ता लामा, महासचिव शेर बहादुर तामाङ, सचिव ज्ञानु तामाङ, कोषाध्यक्ष डम्वरबहादुर तामाङ तथा सदस्यहरुमा ईश्वर घिसिङ, जेठा लो, रत्न लामा, मुना लामा, प्रमिला पाख्रीन समेत ११ जना छन् ।
कोषको स्थापना पश्चात कोषकै पहलमा नै लोपोन्मुख तामाङ भेषभुषाको प्रवद्र्धन गर्दै आएको छ । सो संस्थाको स्थापना २६ वर्ष अघि २०५० सालमा भएको हो । सामाखुसीमा कोषको आफ्नै भवन र गोंगबु स्थित महादेवटारमा गुम्वा पनि सञ्चालन गर्दै आएको छ ।
कोषले तामाङ भाषा र लिपीको प्रवद्धन गर्नुका साथै आयमुलक तालिम अभियान चलाउने योजना राखेको अध्यक्ष बम्जनले बताए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjOLdlZnxBvHiGCOeO0zGJkDv27fNAG5MwCDx3PuP3EUgzwG1hhFS3e0fnhbKdqyr_Wu8L72rD2WAZEO_vLflNZ1qEUoS6-OkGmOcWguDFbZBxK0OtNR7cDufnD_TBF8mImgYJstUO8Qfc/s640/58586599_2264988280224209_4407803929476202496_n.jpg)
0 comments
Write Down Your Responses