Powered by Blogger.
दामन स्थित शितोष्ण बागवानी केन्द्रका हाकिमलाई विदाई


पालुङ । उत्तरी मकवानपुर स्थित थाहा नगरपालिकाका  अवस्थित दामनमा रहेको एभरेष्ट युवा बिकास क्लब र दामन बजार ब्यबस्थापन समितिले संयुक्त कार्यक्रमको आयोजना गरेर एक कार्यालय प्रमुखको विदाई गरेको छ । 

क्लवको पहलमा एक भव्य कार्यक्रम गरी शितोष्ण बागवानी नर्सरी केन्द्र दामनको प्रमुख आइत सिंह गुरुङलाई सम्मान तथा विदाइ गरेको हो । 

दुई संस्थाले कार्यालय भवनमा एक समारोहको आयोजना गरी विदाइ तथा सम्मान गरेका हुन् । 

कार्यक्रममा गुरुङले आफ्नो पाँचवर्षे कार्यकालमा शितोष्ण बागवानी नर्सरी केन्द्र सुधारको लागि सक्दो पहल गरेको बताए । त्यही योगदानको कदर स्वरुप गुरुङका् सम्मान गरिएको बताइएको छ ।  प्रमुख गुरुङले दामनमा रही विविध कार्यक्रमहरु संचालन गरेको कार्यक्रमका सहभागीहरुले चर्चा गरेका थिए ।  

उनको सेवा अवधिमा बागवानी केन्द्रमा किवि, जापानीज नासपाती, आरु , ओखर तथा अन्य फलफूलको उत्पादन तथा प्रशोधन राम्ररी भएको बताइएको छ ।  

फलफूलको बेर्ना, आलुको बिऊ, ग्रीन हाउस, गेस्ट हाउस, सिचाइको लागि बोरिङ साथै अन्य भौतिक संरचनाहरु निर्माणका साथै अग्र्यानिक खेतीको अभ्यास  समेत गरिएको थियो । 

कार्यक्रममा एभरेष्ट युवा बिकास क्लबका अध्यक्ष शिव कुमार खत्रीले दोसल्ला ओढाएर सम्मान कार्यालय प्रमुख गुरुङलाई सम्मान गरेका थिए भने गुरुङलाई दामन बजार ब्यबस्थापन समितिका अध्यक्ष तसी शेर्पाले मायाको चिनो प्रदान गरेका थिए ।

 कार्यक्रममा सहभागी सदस्यहरुले खादा लगाइदिएका थिए । कार्यक्रममा बोल्दै शितोष्ण नर्सरी बागवानी केन्द्रका प्रमुख गुरुङले आफ्नो पाँचवर्षे कार्यकाल एकदमै ब्यस्त भएको र समय बितेको पनि पत्तै नपाएको बताउँदै दामनबासीको अतुलनीय सहयोग मिलेको बताए । 

उनले दामनमा अझ थप धेरै काम गर्न बाँकी रहेको बताउँदै कृषि र पर्यटनको निम्ति आउने बजेट दामनमा नै उपयोग गर्न सकिने सम्भावना रहेको सुझाए । गुरुङ वि.सं. २०७०साल पौष ११ गते शितोष्ण बागवानी नर्सरी केन्द्र दामनमा हाजिर भएका थिए ।

0 comments

Write Down Your Responses