Powered by Blogger.
मानवनिर्मित ताल इन्द्रसरोवरमा अब प्याराग्लाईडिङ


मकवानपुर । उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र इन्द्रसरोवर गाउँपालिकाको मानब निर्मित इन्द्रसरोबर माथी प्याराग्लाईडिङको सफल परिक्षण सम्पन्न भएको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आइतबार साराङकोटबाट आएका पाइलटको सहायताबाट सफल परिक्षण गरेको हो । 

सो सफल परिक्षणले सारा इन्द्रसरोबरवाशी अत्यन्तै खुसी भएको बताइएको छ ।  मानवनिर्मित उक्त ताल माथी प्याराग्लाईडिङको पहिलो पटक  प्याराग्लाइडिङको परिक्षण सफल भएको हो ।



पर्यटकिय क्षेत्र इन्द्रसरोबर भएपनि त्यती धेरै पर्यटक नआएपछी प्याराग्लाईडिङको परिक्षण गरेर ब्याबसायीक रुपमा पछी काम गरीने गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए । कुलेखानीको इन्द्रसरोबरमा तीन स्थानबाट प्याराग्लाईडिङ गर्न मिल्ने भएपनि अहिले भने एक स्थानबाट मात्र परिक्षण गरिएको उनले जाकारी दिए । 

निजी क्षेत्रसंगको सहकार्यमा नागरिक उड्ययन मन्त्रालयबाट स्वीकृति लिएर काम गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाको पहलमा प्याराग्लाईडिङको परिक्षण गरिएको हो । इन्द्रसरोबरमा प्याराग्लाईडिङ चल्ने हो भने पोखरा लगायतका क्षेत्रमा जाने पर्यटकहरु मकवानपुरको इन्द्रसरोबरमा जाने निस्चित छ ।



इन्द्रसरोवर गाउँपालिका १ नम्बर मार्खुको इन्द्र सरोबर ताल माथि गुम्बा डाँडाबाट सफल परिक्षण भएको गरेको गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी दिए । 

प्याराग्लाईडिङ परिक्षणको लागि गाउँपालिकाले प्याराग्लाईडिङ पाईलटको रुपमा पोखराबाट विशाल लामाको नेतृत्वमा सम्भावित अध्ययन तथा परिक्षण गराएको थियो । 

प्याराग्लाईडिङको सफल भए पश्चात गाउँपालिकाका अध्यक्ष लामाले पर्यटन प्रवद्र्धनको लागि प्याराग्लाईडिङले महत्वपुर्ण भुमिका खेल्ने बताए । 





0 comments

Write Down Your Responses