Powered by Blogger.
उत्तरी मकवानपुरका होटल व्यवसायीहरु संगठित,अध्यक्षमा गौरी शंकर होटल दामनका संचालक शिवकुमार खत्री चयन



पालुङ । थाहा  नगरका साथै उत्तरी मकवानपुरका होटल व्यवसायीहरु संगठित भएका छन् ।   उनीहरुले एसोसिएसन विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता गरेका हुन् ।

मकवानपुर उत्तरी क्षेत्रका होटल व्यवसायीहरु आवद्ध भएर एशोसिएशन गठन गरिएको हो । संस्था दर्ता ऐन २०३४ बमोजिम संस्था दर्ता भएको हो ।
 
एशोसिएशनको अध्यक्षमा गौरी शंकर होटल दामनका संचालक शिवकुमार खत्री चयन भएका छन् ।
एशोसिएशनको उपाध्यक्षमा चित्लाङ रिसोर्टका रामशरण नेपाल, सचिबमा होटल फेमेलीका उकेशचन्द्र केसी र कोषाध्यक्ष होटल सुनगाभाका सुमन विष्ट रहेका छन् । 

यसैगरी सदस्यहरुमा सन्तोष कार्की, अमित पाख्रिन, देवेन्द्र नेपाल, ललित सिं ठकुरी र कर्मज्ञान अमात्य रहेका छन् । संस्था विधिवतरुपमा दर्ता भएपछि अब कार्ययोजना बनाएर होटल व्यवशायको क्षेत्रमा कार्य गर्ने अध्यक्ष खत्रीले बताए ।

व्यवसायीक हकहितका साथै सो क्षेत्रमा पर्यटनको विकास र प्रवद्र्धनका लागि आफुहरुको संस्थागत पहल हुने अध्यक्ष खत्रीको भनाई छ ।

0 comments

Write Down Your Responses